नेपालमा कुनै समय थियो वर्षेनी मानिसहरू माहामारिले मर्थे। त्यति वेला गॉंउका गॉंउ स्वाहा हुन्थे। मलामी समेत नपाएर घरकै छेउमा खाल्टो खनेर लाश पुर्नुपर्थ्यो। त्यस्तै विश्वयुद्ध ताका गॉंउ गॉंउवाट युवाहरू वटुलेर युद्धमा लगिन्थ्यो र धागोले वादेको चिठी पठाइन्थ्यो।त्यसकै भरमा किरीया गर्थे। आमा, वावुहरू गन्दर्भका कार्खा सुनेर रून्थे। यस्तै माओवादी सशस्त्र विद्रोहताका पनि भयो। कसको कुन वेला ज्यान जान्छ भन्ने कुनै थाहा हुन्थेन। राज्यको सुरक्षा निकाय र माओवादी दुवै पक्ष मानिसको हत्यमा प्रतिस्पर्धी थिए।जसले हत्या गरे पनि ती नेपाली नै हुन्थे। तिनीहरूको मृत्युमा नेपालीहरू नै रून्थे। अहिले समय फेरिएको छ। मान्छे मर्ने र मार्ने तरिका पनि फेरिएको छ। माहामारि वाट गॉंउका गॉंउ सखाप हुने क्रम रोकिएको छ। विश्व युद्धमा गएका युवा हरूको परिवारलाई धागोले वादेको चिठी आउने क्रम पनि रोकिएको छ। यता माओवादी सशस्त्र विद्रोह पनि थामिएर शान्ति प्रकृय चलिरहेको छ। तर मानिसको अकाल मृत्य हुने क्रम रोकिएको छैन।यति वेला माहामारी , विश्व युद्ध, ससश्त्र विद्रोह केही पनि छैन। झट्ट हेर्दा शान्ति छ। लोकतन्त्र छ। गणतन्त्र छ। मानव अघिकार छ। समानुपातिक न्याय प्रणाली छ। स्वतन्त्र प्रेस छ। तर यी सवै भएर पनि मानीसको अकालमै ज्यान जाने क्रम रोकिएको छैन। अहिले वैदेशिक रोजगारमा नाउमा विदेश गएकाहरूको मृत्यु अकालमा हुने गरेको छ। उनीहरूको लास दिनहू वन्दवाकसमा आईरहेका छन। दूर्गम क्षेत्रमा स्वास्थ्य को पहूच नहुदा सामान्य झाडा पखला वाट पनि अकालमा ज्यान गैरहेको छ। वाढी पहिरो भुकम्प जस्ता प्रकृतिक विपत्तीको त कुरा नगरौ राज्यले थोरै ध्यान दिदा मात्रै पनि हजारौको ज्यान जोगिन सक्ने कुरा हरू थिए भएनन। यति वेला सव भन्दा ठूलो आतंक सडक यातायातले निम्त्याएको छ। जथा भावि डोजरले खनेका गुस्तरहीन सडकहरूमा पुराना चेक जाचसमेत नगरिएका सवारी साधनहरू संचालनमा छन। तिनीहरू दिनहू दूर्घटनामा परेका छन। र अकालमा धेरैको ज्यान गएको छ। ड्राईभिंग इन्स्टियूटहरू र यातायात व्यवस्था कार्यलयको मिलोमतोमा वाडिएका लाईसेन्सहरू र मदिरासेवन कर्ता चालकहरूले चलाएका सवारी यातायात युद्धको मिसाईल भन्दा पनि खतरनाक देखिएका छन यो क्रममा सुधार आएन भने गृह युद्ध विनै हजारौले वर्षेनी अकालमा ज्यान गुमाउन वाध्य हुनु पर्ने छ। यसको नियन्त्रण सरकारले वाहेक अरू कसैले गर्न सक्दैन। कच्चिसडकहरूमा रूट ईजाजत दिने सरकार हो। लाईसेन्स को जाँच लिने र दिने पनि सरकार हो। सडकको स्तर जॉंच गर्ने पनि सरकार नै हो। यसकारण सरकार जिम्वेवार भएर सवारी साधनको नियमित अनुगमन र जॉंच गरिदियो। लाईसेन्स वितरणमा ठिक किसिमले गरिदियो। मापासे चेकिंग अभियान कायम अझ प्रभावकारी वनाई दियो र सवारीको गति जॉंचमा मुलाहिजा गर्रेन भने दूर्घटन कम हुन्छ। दूर्घटना कम हुना साथ मान्छेको अकाल मृत्य रोकिन सक्छ। सवारी धनी वा सवारी चालकले पनि नीति नियमलाई पालना गर्दै सामाजिक उत्तरदायित्वलाई संझिदिए मात्रै पनि अकाल मृत्यु कम हुन सक्छ।
Comments are closed.