‘पोखरामा पर्यटक डाक्नेहरुका कुरा’
पोखरामा होटल, रेष्टुरेण्ट वा डान्सबार चलाएर पर्यटक ओइरिएका हाेइनन्
पर्यटक उद्योग हामीले गर्दा धानेको छौं भन्ने घमण्डमा कुनै तुक छैन
पोखरा पर्यटकीय गन्तव्य हो । यसमा कसैको विवाद छैन । पोखरामा पर्यटक हामीले होटल बनाएर, रेष्टुरेण्ट चलाएर वा डान्सबार सञ्चालन गरेको कारण ओइरिएका हुन् भन्ने सोच कसैको मनमा छ भने त्यो गलत सोच हो । पोखराको भू–स्थिति, यहाँको ताल नजिकको समथर स्थानबाट नजिकै देखिने माछापुच्छ्रे लगायतका अनेक हिमश्रृंखलाहरुको अवस्थितिले गर्दा यो विश्वमै एउटा महत्वपूर्ण पर्यटक गन्तव्य बनेको हो । अझ पर्यावरण, वनस्पति र जीवजन्तुको सम्मिश्रणले प्रसिद्ध अन्नपूर्ण पदयात्राको मूल ढोका भएका कारण पनि पोखरा आज पर्यटकीय नगर पोखराका रुपमा सुप्रसिद्ध भएको हो ।
पोखरा हाम्रा कारण पर्यटकीय गन्तव्य बनेको हो भन्ने भ्रम धेरै पोखराका पर्यटक व्यवसायीहरु अझ भन्नु पर्दा रैथाने पुराना पर्यटक व्यवसाय गर्नेहरुमा मनको कतै न कतै कुना भित्र छ । तर तिनले गरेको प्रदूषण, प्रकृति प्रतिको होइन शोषण र अन्यायलाई हेर्ने र बुझ्ने हो भने पोखरा विरुप बनाउनेमा सबैभन्दा अगाडी तिनीहरु छन् । पहिलेको पोखरा आज छैन । यस्तै हुने हो भने भोलीको पोखरा आजको जस्तो पनि बाँकी रहने छैन । अनि तिनैले पोखराको पर्यटक उद्योग हामीले गर्दा धानेको छौं भन्ने घमण्डमा कुनै तुक छैन । हेर्ने र देख्ने कसैले पनि पत्याउँदैन । फेवातालको मापदण्ड देखि सडक मापदण्डसम्म आफ्नो नितान्त निजी स्वार्थपूर्तिका लागि मिचेर कंक्रिट जंगल बनाउनेहरुले सफा शान्त पोखराको नारा दिएर हिँड्नु पनि लज्जास्पद कुरा नै हो । त्यसैले यहाँका अधिकांश पर्यटक उद्यमीहरुको चाहना पर्यटक बढाउने तर काम कर्तव्य भने फोहोर दरिद्र र विरुप पोखरा बनाएर पोखराबाट पर्यटक धपाउने रहेको छ भन्दा सारै भित्तै पुर्याएर भन्यो भन्ने नहोला । अहिले महाभूकम्पको त्रासदी अवस्था र दिनहुँ थर्काउने परकम्पनहरु आइरहेको अवस्थामा पोखरामा पर्यटक नगन्य छन् । हाम्रा व्यवसायीहरुले भन्ने र चिन्ने पर्यटक गोराछालाहरुलाई मात्र पर्यटक भन्ने परिभाषा अनुसार त पोखरामा अहिले पर्यटकहरु शून्य रहेको अवस्था हो । आन्तरिक रुपमा पोखरा आएका नेपालीहरुलाई पनि पर्यटक भन्ने हो भने तिनलाई पर्यटक मान्ने होटल लजहरुमा अहिले पनि अवस्था त्यति नराम्रो छैन ।तर पनि भन्नै पर्दछ अहिले पोखराको पर्यटक उद्योग नराम्रोसँग थिलथिलो भएर बसेको छ । अर्बौंको लगानी रहेका होटल लज रेष्टुरेण्टहरुमा रोजगार पनि घटेको छ ।
जहाँसम्म होटल लजमा ५० प्रतिशत सहुलियत दिने कुरा छ संसारको कुनै पनि होटल लजमा टेरिफमा छापिएको मूल्यमा होटल लजहरुको कोठा बुक हुँदैनन् । पोखराको लेकसाइड कै कुरा गर्ने हो भने त यहाँ टेरिफमा छापिएको मूल्य १ सय ५० डलर भएपनि होटलको कोठा भने २५ डलर सम्ममा दिने गरिएको कुरा दिनको घाम जत्तिकै छर्लङ्ग छ । यस्तो अवस्थामा ५० प्रतिशत छुटको प्रावधान गर्नु भनेको या त ग्राहकलाई महामूर्ख स्वाठ बनाउनु हो या केटाकेटीपना हो । जे भएपनि दुई मध्ये एक त हो नै ।
बैंकको ब्याज तिर्न नसक्ने अवस्था छ । घर बहालमा लिएर व्यवसाय गर्नेहरु त्यसै पनि घर भाडा तिर्न नसक्ने अवस्थामा छन् । स्थिति विकराल छ । तर पर्यटक व्यवसायीका केही अगुवाहरु “टाउको दुखेको औषधी नाइटोमा लगाउने” भन्ने लोक भनाईलाई चरितार्थ गर्दै प्रधानमन्त्रीसँग पर्यटक ल्याइदिन हारगुहार गर्न पुगेको समाचार छ । यो समाचार सुन्दा यस पंक्तिकारलाई पुरानो कुरा पञ्चायतकालमा एकजना पाल्पाका राष्ट्रिय पञ्चायत सदस्यले त्यस बेलाको संसद भनिने राष्ट्रिय पञ्चायतमा बोल्दै पाल्पामा पनि पर्यटन विकास गर्ने घोषणा गर्न माग गरेको स्मरण भएको छ । ति सदस्यले संसदमा बोल्दै हाउभाउ सहितको जोशिलो मागको जवाफ दिने क्रममा तत्कालिन पर्यटक मन्त्रीले जवाफ दिँदा भनेका “माननीय ज्यूले पर्यटक विकास गर्ने सम्बन्धमा गर्नु भएको मागमा विचार गर्दा पर्यटक भनेको कुनै दाम्लोमा बाँधेर ल्याउने गाईवस्तु रहेनछन् । तिनलाई जहाँ चराउन लग्यो त्यही नजाने रहेछन् । पर्यटक विकास गर्न त्यहिँकै स्थानीय जनता, स्रोत र प्राकृतिक वैभवको विकास गर्नुपर्ने कुरा निवेदन गर्दछु ।” धेरै लामो समय भएकाले मन्त्रीले जवाफ दिएको भाषामा केही तलमाथि भयो होला तर सारसंक्षेप भने त्यही नै थियो । यो भनाईलाई आज पनि पर्यटक व्यवसायी, पर्यावरण भत्काउने बहादुरहरु, लगानीकर्ता र सरकारले मनन गर्ने हो भने पर्यटक विकास गर्न केही थोरै भएपनि मद्दत पुर्याउँछन् । एउटा अर्को तितो कुरा पनि भनिहालौं अहिले होटल, लज, रेष्टुरेण्ट लगायत अझ पर्यटकीय सामान बेच्ने पसलहरुसम्ममा ५० प्रतिशत देखि २० प्रतिशत सम्मको मूल्यमा छुट दिने निर्णय ति संस्थाहरुले गरेका छन् । यो स्वागतयोग्य कदम हो ।
सबै भनाई कुनै व्यवसायीहरुलाई हतोत्साह गर्न वा मानमर्दन गर्न भनिएको होइन । पोखराको पर्यटन प्रवद्र्धन गर्न सही बाटो अवलम्वन गर्ने योजना बनोस् भन्नका लागि हो । पर्यटक उद्योगको बिजोगप्रति चिन्ता लागेर हो । सही तरिकाबाट शिथिल पर्यटक उद्योगलाई जीवन्त बनाउने काम गरुन् भन्नका लागि हो ।
तर त्यस निर्णयमा समेत व्यवसायीहरु इमान्दार भएको पाइएन । नेपाली ग्राहकहरुलाई रेष्टुरेण्टहरुले २० प्रतिशत छुट दिन आनाकानी गर्ने गरेको धेरै घटनाहरु सार्वजनिक भएका छन् । छुट दिनेहरुले पनि निर्णय थाहा नभएको, अघिपछि हामीलाई वास्ता नगर्ने तिनको निर्णय हामीले किन मान्ने ? भन्ने जस्ता प्रसङ्ग उठाउने गरेको कारण रेष्टुरेण्ट एण्ड बार एशोसिएसनको संगठन प्रति पनि प्रश्न उठेको छ । जहाँसम्म होटल लजमा ५० प्रतिशत सहुलियत दिने कुरा छ संसारको कुनै पनि होटल लजमा टेरिफमा छापिएको मूल्यमा होटल लजहरुको कोठा बुक हुँदैनन् । पोखराको लेकसाइड कै कुरा गर्ने हो भने त यहाँ टेरिफमा छापिएको मूल्य १ सय ५० डलर भएपनि होटलको कोठा भने २५ डलर सम्ममा दिने गरिएको कुरा दिनको घाम जत्तिकै छर्लङ्ग छ । यस्तो अवस्थामा ५० प्रतिशत छुटको प्रावधान गर्नु भनेको या त ग्राहकलाई महामूर्ख स्वाठ बनाउनु हो या केटाकेटीपना हो । जे भएपनि दुई मध्ये एक त हो नै ।
यो सबै भनाई कुनै व्यवसायीहरुलाई हतोत्साह गर्न वा मानमर्दन गर्न भनिएको होइन । पोखराको पर्यटन प्रवद्र्धन गर्न सही बाटो अवलम्वन गर्ने योजना बनोस् भन्नका लागि हो । पर्यटक उद्योगको बिजोगप्रति चिन्ता लागेर हो । सही तरिकाबाट शिथिल पर्यटक उद्योगलाई जीवन्त बनाउने काम गरुन् भन्नका लागि हो । चिन्ता के मात्र हो भने खोलाले बगाएको मानिस खोज्न व्यवसायीहरु खोला बग्ने तल्लो भागमा जानु पर्नेमा मान्छे बगायो मान्छे बगायो भन्दै खोलाको शिर तिर दौडेको कारण हो ।
Comments are closed.