मामाघर लगिदिन्छु भन्दै करणी

apradhiपोखरा १४ भदौ
पोखराकी एक नाबालकलाई जवरजस्ती करणी गर्ने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । १४ बर्षीय ति बालिकालाई मामाघर लगिदिन्छु भनेर लिएर गई करणी गरेको प्रहरीले जनाएको छ ।

करणी अभियोगमा धादिङ सलाङ्ग ८ घर भई पोखरा ८ बस्ने २४ बर्षीय नारायण शाह पक्राउ गरेका हुन् । गएको २९ गते मामाघर जान भनि हिँडेकी छोरी बलात्कृत फर्केदाँ परिवार छाँगाबाट खसेजस्तो भएका थिए ।

अभियुक्त शाहले पोखरा पृथ्वीचोकको एक होटमा लगेर जवरजस्ती करणी गरेको जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ । शाहलाई जवरजस्ती करणी मुद्धामा म्यान थप गरि अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक डिएसपी गोविन्द अधिकारीले जानकारी दिए ।

Comments are closed.