मायासँग बिग्रेसी मन, ख्याल ख्यालमै सकियाे जीवन

पोखरा २१ असार/ पोखराको मणिपाल अस्पतालमा इन्टर्न गरीरहेका थिए डाक्टर अनिमेस ठाकुर । मणिपालमै अध्ययन गर्ने क्रममा उनको एउटी युवतीसँग अफेयर चल्यो । उनका नजिकका साथीहरुका अनुसार, यो क्रम करिब तिन बर्षदेखि जारी थियो ।  चलिरहेको उनीहरुको प्रेममा केही दिन यता दरार आयो । दरारको यकिन कारण खुल्न सकेको छैन । तर, काठमाण्डौको नेवार समुदायकी ती युवती र महात्तरीको ढिरापुरका मधेशी समुदायका उनको प्रेमलार्इ परिवारले स्विकार गर्न नसकेको कास्की प्रहरीले घटनापछि गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 10359554_945473018816921_1478171948083862549_n
शनिबार साँझ मदिरा सेवन गरेर अनिमेस आफ्नी प्रेमिका बस्ने मणिपालको मूल गेट भन्दा केही तल रहेको फूलबारीकै एउटा घरमा पुगे । उनी प्रेमीकाको कोठामा गए । तर उनकी प्रेमीकाले ढोका खोलिनन् । धेरै बेरसम्म उनले ढोका ढकढकाएपछि, त्यही घरमा बस्ने मणिपालकै अरु बिद्यार्थीहरु आए । त्यसपछि युवतीले ढोका खोलिन् ।

ढोका खोलेपछि, अनिमेस र उनकी प्रेमीका बिचमा सामान्य कुराकानी भयो । अनि एक्कासी आबेशमा आएर उनले तिन तलाको घरबाट साँझ करिब नौ बजे हाम फाले । साथीहरुले हाम फाल्ने बेलामा पनि समात्ने प्रयास नगरेका होइनन् । तर सफल भएनन् । सिधै घरको छतबाट, भुइमा खसेका उनले त्यही प्राण त्यागे ।

कास्कीका एक उच्च प्रहरी अधिकारीका अनुसार अनिमेसले प्रेमीकालार्इ घुर्क्र्याउनका लागि हाम फाले जस्तो गरेको तर नराम्रो दुर्घटना भएको अहिलेसम्मको अनुसन्धान र घटनाका बेला त्यहाँ रहेको ब्यक्तिहरुसँग सोधपुछ गर्दा खुल्न आएको पोखरा हटलाइनसँग वताए ।
मृतकका पिता स्वास्थ्य मन्त्रालयको अनुगमन महाशाखा प्रमुख ठाक्टर गरिबदास ठाकुरले आफ्ना छोरालाइ अरुले रिसिइवीका कारण धकेलेर हत्या गरकोे भन्दै अनुसन्धानका लागि प्रशासनसँग माग गरेका छन् ।
पीडितको माग बमोजियम कास्की प्रहरीले घटनाको समयमा त्यहाँ हुने केही ब्यक्ति र उनकी प्रेमीकालार्इ समेत ल्याएर सोधपुछ गरे । ‘अहिलेसम्मको सोधपुछका क्रममा घटनामा कसैको संलग्नता देखिएको छैन’ कास्की प्रहरी प्रमुख हरिबहादुर पालले भने ‘घटनास्थलमा मृतकसँग रहेकाहरु उनकै मिल्ने साथी हुन् । मृतकले प्रेमीकासँगको झगडाका कारण आवेगमा आएर आफै हाम फालेको देखिन्छ ।’ तरपनि पीडित पक्षको माग बमोजिम घटनाको सबै कोणबाट अनुसन्धान भइरहेको कास्की प्रहरीको भनाइ रहेको छ ।

Comments are closed.