गुप्तिलकाे दोहोरो सतक

न्युजिल्यान्डका ब्याट्सम्यान मार्टिन गुप्तिलले वेस्ट इन्डिजविरुद्दको सेमिफाइनल खेलमा दोहोरो सतक बनाएका छन् । गुप्तिलले वेस्टइन्डिजका क्रिस गेलले जिम्बाब्वेविरुद्द बनाएको सर्वाधिक २१५ रनको रेकर्ड तोड्दै २३७ रन बनाएका हुन् ।
गुप्तिल क्रिस गेलपछि विश्वकप क्रिकेटको इतिहासमा दोहोरो सतक हान्ने दोस्रो खेलाडी बनेका छन् । १६३ बलको सामना गरेका गुप्तिलले चौका र छक्काको वर्षा नै गराए । उनले २३७ रन जोड्ने क्रममा २४ चौका र ११ छक्का हाने ।
नकआउट चरणको खेलमा गुप्तिलको यो विश्व रेकर्ड हो । गुप्तिलले दोहोरो सतक पुरा गर्ने क्रममा १५२ बलको सामना गरे ।
उनले आफ्नो पारीका क्रममा क्रिस गेलको २१५ रनलार्इ पछाडि छाडे । क्रिस गेलले २४ फेब्रुअरीमा भएको समुह चरणको खेलमा जिम्बाब्वेविरुद्द २१५ रनको पारी खेलेका थिए ।
Comments are closed.