मासबारमा विजुली बत्ति जडान

पाेखरा ६ साउन/पोखरा उपमहानरपालिका वडा नं.७ मासबारमा रहेको समाज सेवा युवा क्लवले आफ्नो क्षेत्रमा रहेका बिजुलीका पोलहरुमा बत्ति (बल्ब) राखेको छ । मासबार क्षेत्रका करिब ६० भन्दा धेरै पोलहरुमा सिएफएल र फिलामेण्ट चिमहरु जडान गरेको संयोजक अंकित बरालले जानकारी दिए । साँझको वेला पैदल यात्रुहरुलाई हिडडुलका लागी सहज, रातिको समयमा हुन सक्ने लुटपाट र चोरीका घट्नाहरुको सम्भावनालाई मध्यनजर गर्दै बत्तिहरु जडान गरिएको सचिव मधु अधिकारीले बताए ।
क्लवका सदस्यहरुको सक्रियता र स्थानियको सहयोगमा करिब २० हजारको लागतमा उक्त कार्य सम्पन्न गरिएको सहसंयोजक जीवन बराल र अस्मित बरालले जानकारी दिए । पोलमा बत्ति जडानका लागी प्राविधिक राजेन्द्र शर्माले सहयोग गर्नुभएको क्लले जनाएको छ । युवाहरुले गरेको उक्त सामाजिक कार्यको प्रशंसा गर्दै क्लवका सल्हाकारद्धय राममोहन आचार्य र किशोर बरालले यस्ता कार्यहरुलाई निरन्तरता दिन आग्रह गरे ।

Comments are closed.