चैत्र २४/एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले भोलि र पर्सिको अामहड्ताल फिर्ता लिएको छ। मंगलबार पहिलो दिनका अामहड्तालको समीक्षा गर्न सिंहदरबारमा बसेकाे मोर्चाको बैठकले भर्खरै अामहड्ताल फिर्ता लिने निर्णय गरेको हो ।
सरकारले ३० गतेका लागि कार्यसूची बिनै संविधानसभाको बैठक बोलाएकाले भोलि र पर्सिको अान्दोलन कार्यक्रम परिमार्जन गरिएको बैठकपछि फोरम लोकतान्त्रिकका नेता रामजनम चाैधरीले जानकारी गराए। बैठकमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अामहड्ताल फिर्ता लिने प्रस्ताव गरेका थिए। त्यसबारे निर्णय लिन दुई घन्टा लागेको थियो ।
यसअघि आज दिउसो विभिन्न उद्योगी व्यवसायीहरूले अध्यक्ष प्रचण्डलाई भेटी अामहड्ताल फिर्ता लिन आग्रह गरेका थिए। व्यापारी-व्यवसायीहरूले प्रधानमन्त्री सुशील कोइराला पनि भेटेर आम हड्ताल फिर्ताका लागि पहल गर्न अाग्रह गरेका थिए।
पर्सि २६ गते मोर्चाको पुन: बैठक बसेर कसरी अघि बढ्ने भन्ने सम्बन्धमा निर्णय लिइने पनि बैठकमा नेताहरूबीच सहमति भएको छ ।
Comments are closed.