मिक्सर मेसिनमा बेरिन पुगि एक मानिसको मृत्यु

मुस्ताङ २० चैत्र – मिक्सर मेसिनमामा बेरिन पुगि मुस्ताङमा एक मानिसको मृत्यु भएको छ। सो घटनामा जिल्ला म्याग्दी मंगला गाँउपालिका–४ बस्ने वर्ष २० को लाल बहादुर रोका भन्ने (सुन्दर रोका)को घटनास्थलमै मृत्यु भएको हो ।करिब १०ः३० बजेको समयमा मुस्ताङ जिल्लाको घरपझोङ गाँउपालिका–३ स्याङ स्थित बेनि जोमसोम सडक खण्डको सडकको साईडको वाल उठाउनको लागि मिक्सर मेसिनमा सिमेन्ट बालुवा राख्ने क्रममा सोही मेसिनमा अचानक बेरिन पुगि घटना घट्न पुगेको बताइएको छ ।
घटनाको जानकारी पश्चात उक्त घटनास्थलमा प्रहरी टोलि पुगि घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी स्रोतले जानकारी दिएको छ

–नेत्र क्षेत्री

Comments are closed.