पोखरा, २९ चैत/ तीन वर्ष अघिदेखि बन्द रहेको पोखराको मितेरी पुलमा फेरी गाडी गुड्ने भएको छ । पोखरा वडा नंं ७ र १७ जोड्ने घारीपाटन स्थित मितेरी पुल एक हप्ताभित्र सञ्चालनमा आउने भएको हो । २०६९ वैशाख २३ गते सेती नदीमा आएको बाढीले पुलमा असर पु¥याएपछि आवातजावत बन्द भएको थियो ।
सभासद रविन्द्र अधिकारीले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममार्फत छुट्याएको सात लाख रुपैंयाले पुलका मर्मत भएको हो । मर्मत कार्य ९० प्रतिशत पुरा भईसकेको मितेरी पुल मर्मत उपभोक्ता समितिका सचिव समेत रहेका पुल मर्मत उपसमिति संयोजक गणेश श्रेष्ठले जानकारी दिए ।
सेती नदीमा आएको बाढीले भासिएको जग क्षेत्रे सोही रकमबाट फिलिङ गरी ढलान गरिएको हो । उद्योगपति सूर्यबहादुर केसीले व्यक्तिगत खर्चमा डेढ करोड लागतमा २०६३ सालमा पुल निर्माण गरेका थिए । ठूला मालवाहक यातायात साधन समेत जानआउन सक्ने पुल बाढीले क्षति पु¥याएपछि जोखिममा थियो ।
‘पुलको मर्मत काम लगभग सकिएको छ । रंगरोगन कार्य भईरहेको छ’ श्रेष्ठले भने ‘सात लाख रकम अपुग हुन्छ, त्यो रकम जिविस कास्कीले व्यहोर्ने प्रतिबद्धता जनाएको छ ।’
पुल बन्द भएपछि स्थानीयवासीले मर्मत उपभोक्ता समिति नै गठन गरेर प्रशासनलाई गुहारेका थिए । प्रशासनले व्यक्तिगत खर्चमा निर्माण भएकाले नसक्ने जवाफ दिएपछि गत असार १४ मा उद्योगपति केसीले क्षेत्रीय प्रशासकको रोहवरमा स्थानीय विकास अधिकारी तारानाथ अधिकारीलाई पुल हस्तान्तरण गरेका थिए ।
यसैबीच, सभासद् अधिकारीले मर्मत भईरहेको मितेरी पुलको शनिबार विहान अवलोकन गरेका छन् । उनले उपभोक्ता समितिका पदाधिकारीलाई ठेक्का लिनेले राम्रो काम गरे नगरेको बारेमा ध्यान दिन आग्रह गर्दै पुलमा क्षमता भन्दा बढि सवारी चल्न नदिन निर्देशन दिए
पुल मर्मत बारे जानकारी लिँदै सभासद रविन्द्र अधिकारी
Comments are closed.