मिसन ग्रास रूट :कास्की अन्नपूर्णका घर र टोल -टोलमा एमालेको अभियान 

कास्की,
 ने क पा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीले मिसन ग्रास रूट कार्यक्रम अन्तर्गत मंगलबार  कास्किको अन्नपूर्ण गाउँपालिका वडा न .५ झोवाङ्गमा वडा कमिटिको बिस्तारित  बैठक सम्पन्न भएको छ ।
बैठक  केन्द्रिय कमिटी  सदस्य कल्पना चापागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। चापागाईंले संगठन मजबुत बनाउदै देशको  समृद्धिका खातिर बलियो एमाले यो अभियानको लक्ष्य भएको हुँदा टोल टोल र घर घरमा पुग्न आग्रह गर्नु भयो।
उक्त बैठकमा प्रदेश कमिटी सचिबालय सदस्य तथा जिल्ला समन्वय समिती कास्कीका प्रमुख  लिलाधर पौडेल ,गण्डकी प्रदेश कमिटी  सचिबालय सदस्य दिपक पौडेल ,   प्रदेश कमिटी सदस्य हरिकृष्ण भट्टराई  ,
जिल्ला कमिटी  सदस्य  कृतिनाथ देबकोटा, सो पार्टीका अन्नपूर्ण  गाउँपालिका कमिटी  अध्यक्ष बिबेक देबकोटा  लगायतले अभियानको बारेमा प्रकाश  पार्नुभएको थियो।
यसअघि  ने क पा( एमाले ) अन्नपूर्ण गाउँपालिका कमिटी कास्कीको पूर्ण बैठकले संगठन सुदृढीकरण राष्ट्रिय  अभियान अन्तर्गत उक्त अभियान संचालन गर्ने निर्णय गरेको  थियो । बैठकले टोलदेखि वडा सम्मका विभिन्न कार्ययोजना तयार गरेको  गण्डकी प्रदेश कमिटी प्रचार बिभाग सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिनुभयो ।
यस अघि सो अभियान अन्तर्गत  पालिकाका वडा न ११,१० ६ र ५ बैठकहरू सम्पन्न हुनुका साथै अग्रजहरूको सम्मान कार्यक्रम सम्पन्न भैसकेका छन।
बैठक   ने क पा (एमाले) गाउँपालिका वडा न. ५ कमिटीका  अध्यक्ष लाल बहादुर के .सि. को अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सदाखर पौडेल र संचालन गोबिन्द पौडेलले   गर्नुभएको थियो।

Comments are closed.