पोखरा ।
नेपालको सबैभन्दा बृहत स्तरको पुरुषहरुको ‘ब्युटी एण्ड ट्यालेन्ट सो’ मिस्टर नेपाल २०१९ को पोखरामा अडिसन सम्पन्न भएको छ । अडिसन बिहिबार पोखराको सभागृहचोकमा रहेको मुग्लान रेष्टुरेन्टमा सम्पन्न भएको हो । मिस्टर नेपालका लागि पोखरा अडिसनबाट तिन जना प्रतिस्पर्धी छनोट भएको निर्णायक आशिष पुरीले जानकारी दिए ।
अडिसनमा सहभागी ७ जना मध्ये ३ जना छनोट भएको पुरीले बताए । छनोट हुनेहरुमा जिरो कि. मि. का अजित परियार, नयाँ गाउँका नविन रानाभाट र बुद्धचोकका निसान सुनार रहेका छन् ।
अडिसनमा पोखराका चर्चित फेशन कोरियोग्राफर सुरज थापा, चर्चित कार्यक्रम प्रस्तोता इनिषा दुरामगर र पोखराका संयोजक आशिष पुरी निर्णायकको भूमिकामा रहेका थिए ।
एक्स्पोज नेपालबाट आयोजना हुने ‘मिस्टर नेपाल २०१९’ प्रतियोगिता अन्य सौन्दर्य प्रतियोगिताकै शैलीमा हुने भए पनि यसभित्रको युवाहरुको व्यक्तित्व विकास, आत्माविश्वास अभिबृद्धि र क्षमता उजागर हुने मिस्टर नेपाल २०१९ संग सहकार्य गरेका एस टि क्रियशनका प्रबन्ध निर्देशक सुरज थापाले बताए ।
यसका लागि अहिले देशमा बिभिन्न ठाउँमा अडिसन हुँदैछ । धनगडीबाट सुरु भएको अडिसन, इटहरी हुँदै, बिर्गुन्ज, चितवन, बुटवल र पोखरामा सम्पन्न भइसकेको छ । अब मङ्सिर १४ गते अन्तिम अडिसन काठमाण्डौमा हुनेछ ।
नेपालका विभिन्न स्थानमा सम्पन्न अडिसनबाट छानिएका प्रतिस्पर्धीहरुले काठमाडौंमा हुने मिस्टर नेपालको फाइनल आउँदो डिसेम्बर २६ ग्राण्ड फिनालेमा प्रतिस्पर्धामा भाग लिने र त्यहाँबाट पनि छानिएका एक जनाले विश्वका सबै मुलुकबाट छानिएर आएका प्रतिस्पर्धीहरुसँग अन्तराष्र्टिय स्तरमा प्रतिस्पर्धाका लागि मिस्टर वल्र्डमा सहभागिता जनाउने अवसर पाउनेछन् ।
Comments are closed.