पोखरा, ३ माघ
मिस तामाङ्ग २०१७ का प्रतिस्पर्धीहरु विच अतिरिक्त प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न भएको छ । बैदाम तामाङ्ग सेवा समाजले २८५३ औं सोनाम ल्होछारको अवसरमा ल्होछार म्युजिकल फेस्टिभल तथा मिस तामाङ्ग पोखरा २०१७ गर्न लागेको हो । मिस तामाङ्ग पोखरा २०१७ का लागि १३ जना प्रतियोगीहरुले भाग लिएका छन् ।
मिस तामाङ्गमा सहभागी प्रतियोगीहरु पोखरा लेकसाइडका सृष्टि लामा, मालेपाटनका अरुणा लामाले गीत गाएका थिए । लेकसाइडका अञ्जली लामा, लेखनाथका मन्जु तामाङ्ग , बगरका जगनकुमारी तामाङ्ग, शान्तीनगरका जीता लामाले भाषणकला प्रस्तुत गरेका थिए । यसैगरि संगीता तामाङ्ग, लेखनाथका सीता तामाङ्ग, सिम्पानीका रिमा तामाङ्ग, न्युरोडका मालिका तामाङ्ग, जिरोकिलोमिटरका पुनम तामाङ्ग , मिरुवा कसेरीका दिप्ती तामाङ्ग र भेडिफारामका प्रिया तामाङ्गले तामाङ्ग सेलो र नेपाली गीतहरुमा नृत्य गरेका थिए ।
कार्यक्रममा गायक रामभक्त जोजिजु, माछापुच्छ«े एफएमका स्टेशन म्यानेजर कञ्चन थापा, माछापुच्छ«े बैंक कर्मचारी युनियनका अध्यक्ष विकास श्रेष्ठ, लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका अध्यक्ष सुदिप पौडेल, एसके डान्स स्कुलका माधवी भण्डारी, गेटवे फाउन्डेसनका अमृत भट्टराई निणार्यक रहेका थिए । सोही कार्यक्रम अन्तर्गत माघ ८ गते अन्तिम प्रतिस्पर्धामा बितरण गरिने बिभिन्न बिधाका सवटाइटलका लागि प्रिजजिङ्ग पनि सम्पन्न भएको छ । कार्यक्रमका बारेमा संयोजक जेसिका तामाङ्गले प्रकाश पारेका थिए । कार्यक्रममा बैदाम तामाङ्ग समाजका अध्यक्ष ज्याक तामाङ्ग, तालिम संयोजक सन्जय मल्ल लगायतले बोलेका थिए । कार्यक्रम मिस तामाङ्ग पोखरा २०१७ का विजेता निमा तामाङ्ग, फस्ट रनरअप मुना स्याङ्गवो तामाङ्ग, सेकेण्ड रनरअप गीता लामा र डोल्मा लामाले सञ्चालन गरेका थिए ।
कार्यक्रमको कोरियोग्राफी सृष्टि सेञ्चुरीले गरका छन भने तामाङ्ग नृत्यको प्रशिक्षण राम लामाले गरेका छन् । कार्यक्रमबाट बचेको रकम बैदाम तामाङ्ग समाजले ग्याजर्दी लेकसाइडमा निर्माणाधिन रेञ्छिन तेरजोट तामाङ्ग शान्ती गुम्बा निर्माणमा खर्च गरिने समाजका अध्यक्ष ज्याक तामाङ्गले बताए । माघ ८ गते शनिबार पोखरा सभागृहमा हुने कार्यक्रममा कलाकारहरु चन्द्रबहादुर दोङ्ग तथा शशिकला मोक्तान लगायतका कलाकारहरुको सांगितिक प्रस्तुतिका साथै तामाङ्ग सांस्कृतिक नृत्य प्रस्तुुत गरिने छ ।
Comments are closed.