मिस नेवा पोखराको तयारी अन्तिम चरणमा

acDSC_1629पोखरा, ७ चैत्र / नेवाः खल, कास्कीको आयोजनामा पाँचौ पटक हुन लागेको यामाहा मिस नेवाः पोखरा नेपाल संवत ११३५ कोे तयारी अन्तिम चरणमा पुगेको छ । चैत्र ७ गते शनिबार पोखरा सभागृहमा अन्तिम प्रतिस्पर्धा हुने कार्यक्रममा प्रतिस्पर्धीहरु पोखरा तेर्सापट्टीका कृपा कतिला, पुष्पा श्रेष्ठ, मालेपाटन, मन्जु ताम्राकार नदिपुर, श्रीया श्रेष्ठ बगालेटोल, रिक्का मर्सानी न्युरोड, सुस्मिता प्रधान नदिपुर, स्वस्तिका श्रेष्ठ नदिपुर, कञ्चन श्रेष्ठ तनहुँ दुलेगौंडा, निलिमा श्रेष्ठ लामाचौर, आशा श्रेष्ठ खाल्टेमसिना, सारा बजिमय भिमसेनटोल, सगुन जोशी पृथ्बीचोक, श्रीया बुद्धाचार्य मोहोरिया टोल, सुलोचना शाक्य अर्चलबोट, नविना श्रेष्ठ लेखनाथ गगनगौडा, बिभुषा नकर्मी औद्योगिक क्षेत्र, र प्रिंयका जोजिजु फुलबारी रहेका छन् ।

नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले मौलिक नेवा संस्कृति, भाषा, भेषभुषा, कला, रहनसहन आदिको संरक्षण र सम्वद्र्धन गर्दै नेवाः समुदायका अविबाहित युवतीहरुलाई यस बारे अवगत गराउने र उनीहरुलाई यो कार्यक्रम मार्फत आफ्नो सक्षमता र आत्मबिश्वासको अभिवृद्धि गर्ने उद्धेश्यले नेवा खल कास्कीले यस कार्यक्रमको आयोजना गर्न लागेको बताए ।

सहभागीहरुलाई नेवारी मौलिक संस्कृति बारे जानकारी गराउने उद्धेश्यले बनेपा, पनौती तथा पाटनको साँस्कृतिक भ्रमणमा लगिएको थियो । अहिले सम्म टाइटलका लागि ट्यालेण्ट सो, मौलिक भेषभुषामा फोटोसेसन, प्रि जजिङ्ग जस्ता कार्यहरु सम्पन्न भइसकेका छन् । मिस नेवाः पोखरा ११३५ का विजेताले ४० हजार नगद, फस्ट रनरअपले २५ हजार र सेकेण्ड रनरअपले १५ हजार नगदसहित प्रमाणपत्र र आकर्षक उपहारहरु प्राप्त गर्ने छन् । यसैगरी, बेष्ट कम्प्लेक्शन, बेष्ट स्माइल, बेष्ट ट्यालेण्ट, बेष्ट पर्सनालिटी, बेष्ट फोटोजेनिक, बेष्ट भ्युअर च्वाइस टाइटलका साथमा जनही ५ हजार रुपैया, प्रमाणपत्र र उपहार प्रदान पाउनेछन् । तस्विर-सञ्जय शाक्य

Comments are closed.