पोखरा, २७ फागुन । आर इभेण्ट ट्रेनर नेपालले पोखरामा गर्न लागेको मिस पोखरा क्वीन – २०१५ का प्रतियोगिहरुलाई प्रशिक्षण दिइएको छ । उनीहरुलाई आत्मविश्वास, स्टेज पर्फरमेन्स, लिडरसिप, बोल्ने कला, व्यत्तित्व विकास लगायतका विषयमा झण्डै तीन हप्ता प्रशिक्षण दिइने छ ।
प्रशिक्षणमा अडिशन राउण्डबाट छानिएका २० जनालाई मात्र सहभागि गराइएको कार्यक्रम संयोजक रवीन गुरुङले जानकारी दिए । प्रतियोगितामा १६ देखि २५ वर्ष उमेरसम्मका युवतीहरुलाई मात्र सहभागि गराईएको छ । युवतीहरुको क्षमता अभिवृद्विसँगै आत्मविश्वास विकास गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागेका हौ आर इभेण्ट ट्रेनर नेपालका अध्यक्ष समेत रहेका गुरुङले भने – आगामी दिनमा पोखरामा यस्ता प्रतियोगिताहरुलाई निरन्तरता दिने छौ ।
प्रतियोगिहरुको प्रोफेसनल ट्रेनर रवीन गुरुङले गुम्रिङ र मिस तमूस्यो नेपाल नमिता गुरुङले कोरियोग्राफि गरिरहेका छन् । पोखरामा संचालन हुदै आएका प्रतियोगितामध्ये बेग्लै मानिएको यस प्रतियोगिताको फाइनल चैत १४ गते शनिबार पोखरा सभागृहमा हुनेछ ।
यसअघि ट्रेनर नेपालले सन् २००४ मा फष्ट पोखरा क्वाईन र त्यसपछि मिष्टर एण्ड मिस पोखरा, मिस लेखनाथ, मेगा मोडल, मःमः मेला, दशै महोत्सव, योगी विकासानन्दसँग योग शिविर जस्ता कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।
Comments are closed.