मुआथाईको रक्तदानमा ४३ युनिट रगत संकलन

पोखरा २७ जेठ । कोरोना भाइरसका कारण देश लकडाउनमा छ । लकडाउनका कारण रक्तदान कार्यक्रम कम भएका छन् । लकडाउनसंगै रगतको अभाव देखिन थालेपछि नेपाल मुआथाई संघ कास्की शाखाले मंगलबार रत्तदान कार्यक्रम आयोजना गर्यो । रक्तदान कार्यक्रममा ४३ युनिट रगत संकलन भएको छ ।

कार्यक्रमको पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले गरे । पहिलो रक्तदाता पोखरा महानगर वडा नम्वर २४ का अध्यक्ष ओम सुवेदीलाई ब्लड ब्याग हस्तान्तरण गदै कार्यक्रमको उद्घाटन प्रमुख जिसीले गरे । प्रमुख जिसीले लकडाउनका बेलामा पनि पुण्यको काम गरेको बताउदै प्रसंसा गरे । खेलाडीहरुले अरुको जीवन रक्षाका लागि संकटका बेला गरेको कार्य उदारणीय भएको बताए ।


कार्यक्रम मुआथाइ संघ कास्कीका अध्यक्ष अब्राहम खानको अध्यक्षतामा भएको थियो भने प्रमुख प्रशिक्षक दिपक बहादुर गोदारले भनाइ राखेका थिए । रत्तदान कार्यक्रममा विभिन्न खेलमा आवद्ध खेलाडी, प्रशिक्षक र खेल प्रेमीले रक्तदान गरेको प्रमुख प्रशिक्षक दिपक गोदारले बताए ।

Comments are closed.