मुआब्जा समस्या सरकारी विधि अनुसार नै टुंगिन्छ –अर्थमन्त्री

artha mantriपोखरा, ८ पुस / अर्थमन्त्री डा. रामशरण महतले क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल निर्माण स्थलमा देखिएको मुआब्जा समस्या सरकारको निति र वधी अनुसार नै समाधान गरीने बताएका छन् । मुआब्जा कम भएको भन्दै पोखरा–१८, का स्थानीय आन्दोलनमा उत्रीरहेका बेला अर्थमन्त्री महतको यस्तो धारणा आएको हो ।
नेपाल प्रेस युनियन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले विमानस्थल निर्माण प्रक्रिया टुङगीनै लाग्दा उत्पन्न हुने विवादले परीयोजनामा ढिलाई तथा रोकिन सक्ने समेत जोखिम निम्त्याउने बताए । “अन्तिम अवस्थामा आएर राजनीतिक विवादका कारणले स्थानीयले अवरोध गर्ने हो भने आयोजना निर्माण प्रक्रिया नै रोकिने या ढीलासुस्ती हुने जोखिम रहन्छ” मन्त्री महतले भने । मुलुकका धेरै भन्दा धेरै आयोजनाहरु स्थानीस्तरमा उत्पन्न हुने विवादका कारण रोकिएको दृष्टान्त उल्लेख गर्दै उनले कसैले पनि देशलाई पछि धकेल्ने जस्तो क्रियाकलाप गर्न नहुने पनि सुझाए ।
चिनीयाँ पक्षबाट कुनै पनि बेला ग्रीन सिग्नल आउन सक्ने सम्भावना रहेको बताउँदै नउले विमानस्थल निर्माण प्रक्रियाले छिट्टै मूर्तरुप लिने पनि मन्त्री महतले जानकारी दिए ।
तनहुँ जलबिद्युत आयोजनामा देखिएको विवाद अन्त्य गर्दै तत्काल निर्माणको चरणमा लैजाने पनि महतको प्रतिवद्धता थियो । केहि जटिलताहरु देखिएको भएपनि निर्माण कार्य कघि बढ्ने विश्वास ब्यक्त गर्दै मन्त्री महतले दातृ निकायबाट आउने सहयोगमा बन्ने परीयोजनाहरुमा कसैले पनि राजनिती गर्न नहुने तर्क गरे ।
फरक प्रसङगमा बोल्दै उनले तोकिएकै समयमा संविधान निर्माण नभए सबै दल र नेताहरुले नैतिक जिम्मेवारी लिनुपर्ने भएपनि प्रक्रियामा गएर माघ ८ मै संबिधान जारी गर्ने सत्तारुढ दलको प्रस्तावमा बिरोध गर्ने प्रतिपक्ष दलहरु मुख्य दोषी देखिने उनको भनाई थियो । प्रतिबद्धता जनाउने तर पुरा नगर्ने नेपाली राजनीति दलको संस्कार नै भैसकेको अर्थमन्त्री महतको ठम्याई थियो ।
माघ ८ मै संबिधान निर्माण गनुपर्ने बाध्यकारी आबस्था नरहेको जिकिर गदै संबिधान निर्माणको लागि निर्धारित मिति माघ ८ नैतिक बन्धन मात्रै भएकाले ढिलाई हुन सक्ने सङकेत पनि गरे । “माघ ८ गते नै संबिधान निर्माण गर्नुपर्छ भन्ने छैन केवल नेताहरुले आफुलाई नैतिक बन्धनमा बाँधेको मात्रै हो”, उनले थपे “एक महिना या दुई महिना ढिला हुन पनि सक्छ ।”
संबिधान निर्माण हुनासाथ बर्तमान प्रधानमन्त्रीले् राजिनामा दिने बताउदै उनले कतिपयलाई सत्ताकै खेल मज्जा लाग्ने भएकाले सत्ता परीवर्तनको हल्ला चलाएको दाबी गरे । ‘ संबिधान निर्माण अहिलेको प्राथमिकता हो , त्यस्ता कुनै खेल सफल हुनेछैन । ’उनले भने ।

Comments are closed.