पोखरा ३० जेठ
मुक्तक मञ्च पोखराले नियमित मुक्तक वाचनको ४८ औं श्रृंखला पुरा गरेको छ । मुक्तक मञ्च पोखराले प्रत्येक महिनाको अन्तिम शनिबार गर्दै आएको मुक्तक वाचनको जेठको श्रृंखला सकिएको हो । पोखरा न्यूरोडमा रहेको स्काइ टच रेष्टुरेन्टमा भएको मुक्तक वाचनमा करिव एक दर्जन मुक्तककारले मायाप्रेम तथा समसामयिक मुक्तक वाचन गरेको थिए ।
संस्थाका अध्यक्ष परिवर्तनको अध्यक्षतामा भएको कार्यक्रममा समिक्षक मदन भण्डारीले नेपाली साहित्यमा मुक्तक विधाको छुट्टै महत्व रहेको भन्दै यसलाई पोखरामा माथि उठाउन सबैको सहयोग चाहिने बताए । सचिव सरला लामिछानेले सञ्चालन गरेको कार्यक्रममा सबज्ञमान श्रेष्ठ, बलराम पूर्णविराम, गजल सन्ध्या पोखराका अध्यक्ष उदिपराज ढुङ्गाना, प्राञ्जल, किसान, विष्णु रिजाल, सन्दिप गौतम, विर्सना बस्नेत, रामकुमार श्रेष्ठ, प्रतिक्षा पोखरेल सस्मित, कृष्ण अधिकारी ‘त्रुपक’, एनआडी लगायतले मुक्तक वाचन गरेका थिए ।
Comments are closed.