मुक्तिनाथ कृषि कम्पनी लि को कृषिप्रदर्शनी केन्द्र र कृषिउद्यमी परिचयपत्र उदघाटन

कृषि आयातको अवस्था दयनिय रहेको र कृषि अर्थतन्त्रको सुधारमा कृषि कम्पनीले वृहत रुपमा काम गर्नुपर्ने

पोखरा हटलाईन
मंसिर २५

 

मुक्तिनाथ कृषि कम्पनी लि., बसुन्धरा, काठमान्डौले गण्डकि प्रदेशको पर्यटकिय नगरी पोखरामा क्षेत्रीय कार्यालय, कृषिप्रदर्शनी केन्द्र र कृषि उद्यमी परिचयपत्र उदघाटन समारोह गरेको छ ।कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमापूर्व प्रधानमन्त्रि तथा माननिय डा. बाबुराम भट्टराई, विशिष्ट अतिथिको रुपमा भूमिव्यवस्था, कृषि, सहकारी तथागरिविनिवारण मन्त्रालयका माननिय मन्त्रि चन्द्र बहादुर बुढा, मुक्तिनाथबिकास बैंककाप्रमुखकार्यकारी अधिकृत प्रद्ययुमनपोखरेल लगायतविभिन्न सरकारी निकायहरुको प्रमुखहरु, कृषकहरु, कृषि व्यवसायिहरु, सहकारीका प्रतिनिधिहरु र मुक्तिनाथ गु्रपसंग आवद्ध व्यक्तिहरुको को उपस्थिति रहेको थियो ।

कार्यक्रमको औचित्य माथि प्रष्ट पार्देअध्यक्ष ढकालले भन्नुभयो, कम्पनीले देशभर रहेका कृषक तथा कृषि व्यवसायिहरु समक्ष वस्तु तथा सेवाहरु विस्तार गर्ने अभिप्राय अन्तरगत केन्द्रबाट भईरहेको सेवालाई थप सहज रुपमा संचालनगर्न र बढि भन्दा बढि कृषकहरु र कृषि व्यवसायिहरुलाई सेवाउपलब्ध गराउनको लागिप्रदेश स्तरीय कार्यालय स्थापनागर्ने कम्पनीको लक्षअनुसार सर्वप्रथम गण्डकि प्रदेशको लागिकास्किजिल्लापोखरा महानगरपालीका स्थित नागढुङगामा कार्यालय तथा कृषि सामाग्रिहरुको प्रदर्शनीस्थलको स्थापना गरेका छौ ।साथै गण्डकी प्रदेशभरका कृषकहरु तथा कृषिव्यवसायिहरु लाभान्भितहुने गरी स्थापना गरीएको उल्लेखित कार्यालय तथा कृषिप्रदर्शनि केन्द्र सहित कृषिउद्यमि परिचयपत्रलाई भव्य समारोह बिच उदघाटन गरी समग्र गण्डकि प्रदेशको कृषि क्षेत्रको सवलिकरणमा नीजि क्षेत्रको संथागतअभियान शुरुवातभएको खबर प्रभाहगर्ने अभिप्राय सहितआजको कार्यक्रमआयोजना गरीएको हो, उहाँले भन्नुभयो ।कार्यक्रममा गण्डिकि प्रदेशको प्रारम्भिक कार्य अवधारणा कम्पनी सचिवतथा वरीष्ठ प्रबन्धक रामशरण तिमल्सिनाले गर्नुभएको थियो । जसमा मुख्यतः कृषक संग मुक्तिनाथ अभियान, कृषिउद्यमी परिचयपत्रको वितरण, कृषिश्रोत केन्द्रहरुको स्थापना, नवप्रवर्तत केन्द्रको शुरुवात, एक स्थानिय संरचना, एक कृषि परियोजना, अर्गानिक मल बैंकको स्थापना र बजार केन्द्रको स्थापना लगायतका कार्यहरु रहेका थिए ।

त्यस्तै कार्यक्रमाबोल्दै  बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले कृषि आयातको अवस्था दयनिय रहेको र कृषि अर्थतन्त्रको सुधारमा कृषि कम्पनीले वृहत रुपमा काम गर्नुपर्ने अभिमारा रहेको बताउनुभयो ।विशिष्ट अतिथिचन्द्र बहादुर बुढाले कम्पनीले क्षेत्र विस्तारको क्रममा पहिलो प्रदेशको रुपमा गण्डकिबाट काम शुरु गरेकोमा धेरै धरै धन्यवाददिदै प्रदेश मन्त्रालयनीजि क्षेत्रसंग समन्वयगर्नको लागितयार रहको र नीजि क्षेत्रसंग समन्वय गर्नको लागि नीति नियममा कठिनाई रहेको भए त्यसलाई सुधारेर अघि बढ्न सकिने बताउनुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि तथा पूर्व प्रधानमन्त्रि बाबुराम भट्टराईले कम्पनीको ध्येय, लक्ष, उद्देश्य र कार्यक्रमहरु एकदमै राम्रो रहेको तर कार्यान्वयनको लागि केहि चुनौतीहरु रहेको औल्याउनुभयो । उहाँले भन्नुभयो, यस कम्पनीको कार्यक्रमहरु सफलताको लागिनीतिगत रुपमा नै समग्र संरचनाहरु सुधार्नु पर्ने, कृषिलाई उद्योगसंग जोडनुपर्ने र नीजि क्षेत्रलाई प्रोत्साहनगर्ने नीतिनियमहरु बन्नुपर्नेमाजोड दिनुभयो । नेपालले पूर्वि एसियाका देशहरुले कृषिमा मारेको फड्कोको सन्दर्भमा अध्ययन गर्नुपर्ने र त्यसको विकसितमोडल तयार गरेको खण्डमा मात्र हामीले सोचेजस्तो विकास गर्न सकिनेमाजोड दिनुभयो ।कार्यक्रम समापन गर्दे कम्पनीकाअध्यक्ष ढकालले, कृषि क्षेत्रमा धेरै चुनौतिहरु रहेकाभएपनित्यसलाई चिरेर अगाडि बढ्नको लागिमुक्तिनाथ कृषिकम्पनी सक्षमहुने र त्यसको लागिकम्पनीले सोहि अनुसारका योजना तथा कार्यक्रमहरु बनाइरहेको जानकारी दिनुभयो ।साथै कम्पनीले दोश्रो कार्यक्रमको रुपमा सोहि मितिमा तेश्रो वार्षिक साधारण सभा पनि सम्पन्न गरेको छ ।

Comments are closed.