जेठ २५, २०७७
सहयोगापेक्षी बेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहिन० सडकआश्रित मानवहरुको सेवाकार्यका लागि मानवसेवा आश्रमको गण्डकी प्रदेश पोखरा शाखाको भवननिर्माण शिलान्यास सम्पन्न भएको छ ।
शिलान्यास कार्यक्रम मानवसेवा आश्रमका केन्द्रीय संस्थापक अध्यक्ष आदरणीय रामजी अधिकारिज्युको अध्यक्षतामा सम्पन्न भएको हो । गण्डकी प्रदेशका संयोजक आदरणीय होमनाथ तिमिल्सिनाज्युले सन्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अथितिको रुपमा मानवसेवा आश्रमका अभिभावक एवं गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय पृथ्वी सुब्बा गुरुङ उपस्थित हुनुभएको थियो ।
यस्तै कास्कीको हेम्जामा बन्न लागेको मानवीय स्मारकको लागि जग्गा प्रदान गर्नुहुने लक्ष्मी नारायण मन्दिर सनातन गुठी प्रतिष्ठानका उपाध्यक्ष ऋषी सापकोटाज्यु एवं परिवार, भवन निर्माणको लागि जग्गा उपलब्ध गराउनुहुने एवं संयोजन गर्नुहुने मोतिबहादुर थापा एवं सम्पूर्ण थापा परिवार, स्मारक बन्न लागेको पोखरा महानगरपालिका वडा नम्बर २५ का जनप्रतिनिधिज्युहरु लगायत आश्रमलाई प्रेम गर्नुहुने अभिभावकज्युहरु, शुभेच्छुकज्यु एवं मानवताप्रेमी मनहरुको उपस्थिति रह्यो ।
कार्यक्रममा बोल्दै माननीय मुख्यमन्त्रीले उहाँहरु यस सेवामा अभिभावकत्व ग्रहण गर्न तयार रहेको सन्देश दिनुभयो । अत्यन्तै राम्रो कार्य भइराखेको छ । सहयोगापेक्षीहरुको लागि बन्न लागेको यस सेवामा यो बर्ष प्रदेश सरकारको तर्फबाट १ करोड २४ लाख छुट्याईएको छ । आगामी बर्ष अझ धेरै छुयाउने योजना थियो तर कोरोनाको कहरले परिस्थिति प्रतिकुल बनेको छ तर पनि हरसम्भव प्रयास गर्नेछु । मुख्यमन्त्रीले भन्नुभयो ।
Comments are closed.