मुस्ताङमा चौंरीगाईको रगत पिउने मेला सुरु

mustangमुस्ताङ, ८ वैशाख । मुस्ताङको कोबाङस्थित बोक्सीखोलामा चौंरीगार्इंको आलो रगत पिउने मेला सुरु भएको छ । चौंरीगाईको आलो रगत र मासु बिक्री गर्ने उद्देश्यले संयुक्त चौरीपालक किसान समूहको आयोजनामा मेला सुरु गरिएको हो । उच्च हिमाली क्षेत्रमा यार्सागुम्बा, जटामसी, पाँचऔंलेलगायतका बहुमूल्य जडीबुटी खाएका चौंरीगाईको आलो रगत पिएमा गानोगोला, ग्यास्ट्रिक, कमलपित्त, मर्केको, सुन्निएको र पेटसम्बन्धी रोग निको हुने जनविश्वास छ ।

मेलाको पहिलो दिनदेखि रगत पिउन सर्वसाधारणको भीड बढ्दै गएको स्थानीय किसान दीपा गौचनले बताइन् । उनका अनुसार “उपल्लो मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत र कास्कीबाट समेत सर्वसाधारण रगत पिउन बोक्सीखोला पुगेका छन् ।” कोबाङका १५ जना किसानले व्यावसायिकरुपमा पालेका चौरीबाट आवश्यकताको आधारमा रगत निकाल्ने गरिन्छ ।
Chauri-ko-Ragat-Nikal-300x225
विशेष प्रकारको चक्कुले चौरीको घाँटी रेटेर निकालिएको रगत तत्कालै सर्वसाधारणले गिलासमा भरेर पिउने गर्दछन् । तातो रगत पिएमा शारीरिक फुर्ती बढ्ने जनविश्वास रहिआएको छ । “यो हाम्रो वर्षौंदेखि चलेको परम्परा हो, यसलाई जोगाइराख्न वर्षको एकपटक यस्तो मेला आयोजना गर्दछौँ,” उनले भनिन्, “मेलाका साथै अन्य जमघट पनि हुन्छ ।”

रगत पिउने मेलामा थकाली समुदायको परम्परागत तीर हान्ने प्रतियोगिता पनि सञ्चालन हुने बताइएको छ । स्थानीय किसानले २०० भन्दा बढी चौरी पालेका छन् । त्यसबाट कम्तीमा एउटा चौंरीबाट चार गिलाससम्म रगत निकालिन्छ । मेलामा दैनिक २०० देखि ५०० जनासम्मले रगत पिउने आयोजकले जनाएका छन् । “यस वर्ष प्रतिगिलास रु १५० तोकेका छौँ, यो विगतको भन्दा अलि महँगो हो, कृषक थकालीले भन्नुभयो, “यो मेला आगामी बैशाख १७ गतेसम्म सञ्चालन हुनेछ ।” Chouri

Comments are closed.