मुस्लिम यूवाहरुद्वारा ‘जनाजाह’ भवनको जिणोद्वार

पोखरा–२४, असार

मनिषा लामिछने

,पोखरा हटलाईन ,

पोखरा महानगरपालिका वडा नं. १३ कुँडहरको चिसापनिमा जीर्ण अवस्थामा रहेको मुस्लिम समुदायको ‘जनाजाह’भवन (अन्त्यष्टि गर्नु अघि मृतकका आफन्तले  प्रार्थना गर्ने स्थल) को नेपाल मुस्लिम यूवा समितिको पहलमा जिणोद्वार गरिएको छ ।वि.स.१६१० अर्थात आजभन्दा ४६८ वर्ष अगाडिदेखि पोखराका मुस्लिमहरुको अन्त्यष्टी गर्ने ठाउं कब्रस्तान (समाधी स्थल) को रुपमा प्रयोग गर्दै आएको ठाउं नजिकै रहेको यस ‘जनाजाहा’ भवनअन्त्यष्टी अघाडी गरिने प्रार्थना लगायत का कार्यका लागी अतिआवश्यक भएकोले यसको मर्मत संभार गरिएको   नेपाल मुस्लिम यूवा समितिका अध्यक्ष अब्बास अलि मीयाँले बताए । मृतकको अन्त्यष्टि गरिने ठाउँ कब्रस्तानको नजिकै रहेको यस ‘जनाजाह’ मा दाह संस्कार गर्नुभन्दा अगाडि गर्नुपर्ने प्रार्थना गरिन्छ । आफन्तको मृत्यु भएर अन्त्यष्टिको लागि आएकाहरुलाई ५ वटा वजु खाना (प्रार्थना गर्नुअधि हातखुट्टा धुने ठाउँ) समेत यसमा थप गरिएको समितिका सचिव साजीद अली मीयाँले जानकारी दिए । यस भवनको मर्मत संम्भार देश तथा विदेशमा भएका मुस्लिम सहयोगीहरुको आर्थिक सहयोगमा गरिएको अध्यक्ष अब्बासले बताए । साथै यसबाट पोखरा वाहिरबाट आएर पोखरामा मृत्यूवरण गरेका मुस्लिमहरु समेत लाभान्वित हुने सचिव मीयाँले बताए ।


 

Comments are closed.