मेयर जिसीको अवस्था खतरामुक्त

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई थप उपचारका लागि काठमाण्डौं लगिएको छ । हेली एभरेष्टमार्फत उनलाई काठमाडौं बाँसबारीस्थित स्नायु (न्युरो) अस्पतालमा जिसीको उपचार गरिने भएको छ ।आज बिहान ४ बजे अप्ठेरो महसुस गरेका जिसीलाई पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।स्वास्थ्यकर्मीका अनुसार मेयर जिसीको अवस्था खतरामुक्त छ । सामान्य बोलचाल गर्न सक्ने भएपनि ह्रदयाघातका कारण एक नशा ब्लक भएको बताइएको छ ।

Comments are closed.