मेरो ज्यान तल माथि हुन सक्छ -प्रधानमन्त्री

पोखरा १७ फागुन -प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ज्यान तलमाथि हुन सक्ने भन्दै केहीे भयो भने अन्यथा मान्न नपर्ने बताएका छन् ।पोखरामा गण्डकी प्रदेश भेलालाई सम्बोधन गर्दै उनले भनेका छन् , “विकासका काम गरिरहेको देखेर नै देशी–विदेशी तत्व सरकार असफल पार्न लागिरहेका छन् । विकास निर्माणको कामले गति लिइरहेको कारणले म माथि प्रहार भएको छ । सम्पूर्ण रूपमा म माथि अत्यन्तै तीव्र रुपमा प्रहार भएको छ ।”यस्तै, उनले आफूमाथि शारीरिक हमलाको हुनसक्ने लख पनि काटेका छन् । प्रशिक्षण कार्यक्रममा भने, “अन्यथा नमान्नुहोला, ममाथि शारीरिक हमला नै भयो,मेरो ज्यान तलमाथि भयो भने पनि अन्यथा नमान्नुहोला । तर त्यस्तो हुँदैन । म रहिन भने पनि अन्यथा नमान्नुहोला, पार्टी छ, विचार छ ।” उनले बताएका छन् ।

Comments are closed.