ठूला राष्ट्रिय पर्वहरू सकिना साथ मेला र महोत्सवको शुरू भएको छ।सिटी रेवानले पोखरा रंगशालामा मुसिर २ देखि १२ गते संम सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल २०७३को शुभारम्भ गरेको छ। यही महिनाको १० गते देखि १९ गते संम प्रथम भिमाद महोत्सव२०७३ को आयोजना हुदैछ। यसै गरि पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, पोखरा युनाइटेड क्लव , रेवान पोखरा लगायतका संस्थाहरूले अाफ्नो महोत्सव तालिकाहरू प्रकाशमा ल्याइ सकेका छन।अव हरेक दिन मेला महोत्सव र उत्सवहरूको चर्चा परिचर्चा र सफलता विफलताका कथाहरूले संचार माध्यम भरिने छन।यसले व्यावसायिक , एेतिहासिक ,सॉंस्कृतिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको पाइन्छ। हिउदका दिनहरू रमाइला र फुर्सदिला हुन्छन।त्यसैले मानिसहरूलाइ मनोरन्जन पनि चाहिन्छ।मेला महोत्सवमा गएर आफूलाइ आवश्यक पर्ने उपभोग्य वस्तु किन्ने र संचित गर्ने अवसर पनि मेलाले जुटाइ दिएको हुन्छ। व्यावसायीहरूलाइ मात्र होइन उपभोक्ताको लागि पनि मेला निकै उपयोगि हुदै आएका छन। मेलाले पस्कने मनोरन्जन पनि थप आकर्षक वन्ने गरेका छन। मेलामा स्थानीय उत्पादनको वितरण र प्रवर्ध्दन गर्ने अवसरको साथै स्थानीय भाषा संस्कृतिको उत्थानमा पनि उत्तिकै सहयोग पुग्न सक्दछ। स्थानीय तथा राष्ट्रिय कलाकारहरूको व्यावसायीकरण र वजारीकरणमा पनि महोत्सव महत्वपूर्ण मानिन्छ। देश भरका गायन र नृत्यको क्षेत्रमा लाग्का कलाकारहरू हास्य र संगितको क्षेत्रका कलाकारहरूको सीप ज्ञान मात्र होइन उनीहरूको परिचय समेत मेला महोत्सवले गरिदिने गरेको छ। यसले स्थानीय लोक संस्कृति को संरक्षण र संवर्धनमा पनि उत्तिकै सहयोग गरेको छ मेला महोत्सवमा भएको आम्दानी र खर्च पारदर्शी हुने र आम्दानीलाइ सामाजिक कार्यमा लगाउने गर्दा जन विँस्वास वढन सक्दछ। तर कति पय मेला महोत्सवका खर्चहरू वारिरै अउदैनन।आए पनि आम्दानी कम र खर्च वढी वनाएर आउछन। त्यो पनि आफ्नै संस्था संचालनको लागि भनेर राखिन्छ। यसले गर्दा मेला महोत्सवहरू सामाजिक उत्तरदायित्वमा कम र व्यक्तिगत फाइदामा वढि केन्द्रित भएको गुनासो वढेको छ। कम्तिमा पनि मेला महोत्सवका आयोजकहरूले सामाजिक उत्तरदायित्वलाइ केन्द्रमा राखेर मेलाको आयोजना गरिदिए धेरै महत्वपूर्ण हुने थियो।
Comments are closed.