एजेन्सी, भदौ ९
स्पेनिस फुटबल क्लब बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीले नयाँ सिजनअघि नै आफूले क्लब छाड्न चाहेको कुरा क्लबलाईजानकारी गराएका छन् । मेस्सी र बार्सिलोनाको पछिल्लो स्थितिमा लगातार फलोअप गरिरहेका स्पेनिस मिडियाका अनुसार मेस्सीलेआज (मंगलबार) क्लबलाई फ्याक्समार्फत् आफूले कलब छाड्न चाहेको कुरा जानकारी दिएका छन् ।
मेस्सीको यस्तो निर्णयसहितको जानकारी आएपछि क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले आकस्मिक रूपमा बोर्ड बैठक आह्वानगरेका छन् । मेस्सीले क्लब छाड्नका लागि हाल कायमै रहेको एक वर्षको सझौता खारेज गरी फ्रि ट्रान्सफरमा जान पाउने बाटो खुला गर्नभनेपछि अध्यक्षले आकस्मिक बैठक डाकेको बताइएको छ ।
क्लबले खेलाडीलाई बिदा सकाएर नियमित स्वास्थ्य जाँच तथा कोरोना जाँच गर्न उपस्थिति हुन निर्देशन दिएको मितिमा मेस्सी क्लबनपुगेपछि उनले क्लब छाड्ने चाहेको स्पष्टै देखिएको थियो । अब बोर्ड बैठकमा मेस्सीको जानकारीपछि अर्को कदम के हुने र कसरीअघि बढ्ने भन्ने विषयमा छलफल हुनेछ ।
Comments are closed.