मोटी युवतीहरुलाई लक्षित “प्लस साइज मोडल नेपाल” हुँदै

काठमाडौँ ,

मोटी युवतीहरुलाई लक्षित गरेर आयोजना हुँदै आएको नेपालको मोडलिङ सम्बन्धी प्रतिष्ठित प्रतियोगिता ‘प्लस साईज मोडल नेपाल’ को चौथो संस्करण सुरु हुने भएको छ ।
सोमबार एक बिज्ञप्ती जारी गर्दै आयोजक मोडल सङ्ग्स नेपालले ‘प्लस साईज मोडल नेपाल २०२३’ को आवेदन खुल्ला भएको जनाएको हो ।

यो प्रतियोगिता १६ देखि ४० बर्ष सम्मका विवाहित तथा अविवाहित दुवै समूहका युवती महिलाहरुले भाग लिन पाउने छन् । प्रतियोगितामा सहभागतिाका लागि ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रूपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान रहेको आयोजकले जनाएको छ ।
मोडल सङ्ग्स नेपालको आयोजनामा संचालित प्रतियोगिता देशभर छरिएर रहेका प्लस साईज युवती/ महिलाहरुलाई अन्तराष्ट्रिय स्तरको तालिम प्रदान गरि देश तथा बिदेशमा मोडलिङ सम्बन्धि बिभिन्न अवसर प्रदान गर्न अब्बल साबित भएको छ ।

मंसिर २४ गते शनिवार (डिसेम्वर १०) मा फ्र्यिंग पेन पार्टी यार्ड  थापाथलीमा हुने अडिसनबाट छनौटमा परेका प्रतियोगीलाई मात्र अन्तिमस्पर्धाका लागि प्रशिक्षण दिइनेछ।मोटोपनाका कारण हिनताबोध भएका युवतीहरूलाई प्रोत्साहन गर्ने तथा उनीहरूको क्षमतालाई अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको ‘ प्लस साईज मोडल नेपाल २०२३’
मा नेपालका चर्चित फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी रहेने छ।प्लस साईज मोडलिङ सम्बन्धि नेपालको यो एक मात्र उत्कृष्ट प्रतियोगीता भएकोले यसपटक चर्चित फेसन डिजाइनर र नयाँ डिजाइनरलाई पनि अवसर प्रदान गरिनेछ ।
चौथो संस्करणसम्म आइपुग्दा प्रतियोगिताले प्लस साईज युवती/महिलाहरुलाई उत्कृष्ट प्रशिक्षण प्रदान गरि दर्जनौ ब्यवसायिक मोडल उत्पादन गर्न सफल भएको आयोजक संस्था मोडल सङ्ग्स नेपालका प्रमुख डेविल सिंह राजपुतले बताए ।

Comments are closed.