’मोफसल’ चलचित्र रिल र रियलमा

जय पुन 
asनेपाली समाजमा एउटा स्वच्छ राष्ट्रप्रेमी कलाकार, लेखक अनि कुशल खेलाडी त्यो पनि मोफसलमा रहेर जिउनुको पिडाको बाबजुद पनि केही टाढाको सपनालार्इ नजिक देखेर रियल परिस्थिति भित्रको बास्तबिकतालार्इ रिलमा उतार्ने प्रयास’मोफसल’चलचित्रले गरेकाे छ ।  यसकाे यही जेठ ३० गते सभागृह हलमा सम्पूर्ण पोखरेली कलाप्रेमी दर्शक खेलाडी, संगीतकर्मी, साहित्य सृजनामा रमाउने पोखरा क्षेत्रका कर्मठ दर्शकहरु माझ प्रदर्शन हुँदैछ । पोखरामा समुदाय स्तरका धेरै चलचित्रहरुले राम्रो व्यापार गरेपनि खासै अन्य चलचित्रहरुको उपस्थिति र सफलता देखिदैन तसर्थ यो चलचित्र चुनौती भित्रको अवसर पनि हो भन्दा फरक नपर्ला यसको भाग्य रेखा दर्शकहरुनै भएकोली केही समय पर्ख र हेरकाे अवस्थामा बस्नुपर्ने  देखिन्छ |
गम्भीर राना मगरको कथा, पटकथा, सम्बाद अनि दिपेन्द्र श्रेष्ठले चलचित्रमा निर्देशन गरेका छन् ।  चलचित्रकाले उठाएका विषय र यससँग जाेडिएका कुरासँग नजिक रहेर चलचित्रका निर्माता तथा नायक आशिष पुनसँग गरिएकाे छाेँटाे कुराकानी यहाँ प्रस्तुत छ ।  

चलचित्र मोफसल कस्तो खालको चलचित्र हो ?

सन्देशमूलकको साथ् साथै सम्पूर्ण दर्शकहरुले मन पराउने खालको मसलाले भरि पूर्ण गर्ने प्रयास गरीको हामी सबैको कथा व्यथाको वास्तविक चलचित्र हो |

माया प्रेमलार्इ कसरि प्रस्तुत गरिएको छ ?

माया प्रेम प्राप्ति मात्र होईन गुमाउनु पनि प्रेम हो भन्ने कुरालाई प्रस्तुत गरिएको छ।

चलचित्रको मजबुद पक्ष भनेको के हो ?

राज्यले देशको गहना मानेर चाहिदा लगाउने अरु बेला बक्समा हालेर राख्ने जस्ता कुराहरु सान्दर्भिक छन् ।

 दिन खोजिएको बिषय बस्तु के हो ?

राजधानी बाहिर रहेर पनि कुनै समस्याको बाबजुद पनि हामी कुनै कुरामा कमि छैनौ केहि गर्न सक्नु पर्चा भन्ने संदेश दिन खोजीएको छ

चलचित्रको छायांकन कहाँ कहाँ गरिएको छ ?

सुन्दर गाउँ माछापुछ्रे, पोखरा वरिपरी, खैरेनी, कोत्रे, दुलेगौडा लगायतका ठाउँहरुमा छायांकन गरिएको छ |ass

 बजेट अनुसार अपेक्षा कस्तो रहेको छ ?

बजेट अनुसार को अपेक्षा आउला नआउला तर त्योत हेर्न बाकि छ तर हामीले ऐतिहासिक फिल्म निर्माण गरेका छौ जस्तो लाग्छ ठुला अग्रज ब्यक्तिहरूले गर्न पर्ने काम भर्खर का युवाहरुले गरेका छौ त्यसैमा खुसि अनि सन्तुस्ट छौ |

 चलचित्र निर्माणका सुख दुखहरु ?

सम्पूर्ण जिम्मा आफैले लिएको कारण लामो समय सगै सुरु सुरुमा सारै तनाब भो सुटिंग को क्रममा ढलेर डाक्टरले ३ महिना आराम गर्नु पर्छ भन्दा पनि जबर जस्ती काम गरियो कराँ नया भय पछि हरेकले हेर्ने नजर अलि फरक हुने रहेछ धेरै अनुभव र सुख दुख रहे यसबीचमा ।

 कहिले र कहाँ कहाँ प्रदर्शनी हुदै छ ?

प्रदर्शन बैशाख १२ गते चल्ने तयारी हुदा हुदै पनि महा भुकुम्पले गर्दा सम्पूर्ण योजना हरु रद्द गरियो अब पोखरा पछि कुस्मा, चितवन, दुलेगौडा, बेनी बाग्लुंग हंकंग अनि जापानको तयारी मा रहेको छ ।

चलचित्र बाट दर्शक हरुले आशा गर्ने पक्ष ?

रक्सि चुरोट खाने र मोज मस्ती गर्ने बेलामा पनि यो देश अनि समाजमा केहि गर्न खोजेका छन् भन्ने सकारात्मक धारणा जाने आशा गरेका छौ |

कस्तो खालको दर्शकहरु मोफसल हेर्न जाने र किन ?

मोफसल विशेष गरि रंग कर्मी र संगीत लाई माया गर्ने मानिस र फिल्म बनाउन सोच राख्नु भएका महानुभावहरुले साथै चलचित्र comedy, एक्शन, सुख दुख माया प्रिती आदि सबैकुरा हरुलाई समेटेको हुदा सबैलाइ स्वागत गर्दछौ भने मोफोसलमा रहेका हरेक व्यक्ति सगको अनि केहि गर्न खोज्ने नवदीत् कलाकार हरुको समग्र जीवनको सुख दुख रहेकोले कथा बस्तु सान्दर्भिक र समसामयिक छ त्यसैले पनि हेर्न आवश्यक छ ।
देश बिद्दमान ठुलो समस्यामा झेलिएको छ भने नातावाद कृपावाद र राजनीतिवादले कुशल खेलाडी लेखक, कलाकार अनि समग्र युवाहरु विदेश पलायन हुनु परेको बाध्यता सगै मोफसल लाइ माथि उठाउनको लागि राज्यले हेर्नु पर्ने दृष्टिकोण कमजोर नीति सगै अवसरका हरेक ढोका हरु खुल्ला गरिदिए पनि सहि र सत्य तथ्य नियमको कसी नहुदा चलचित्र क्षेत्र धरासयी बन्दै गइ रहेको यस परिस्थितिमा पनि पोखराका युवा हरुले गरेको यो प्रयासमा सबैको साथ् र समर्थन भने खाचो छ |

Comments are closed.