पोखरा, ६ मंसिर
चुनावी घरदैलोमा लामडाँडा, मोजा पुगेका समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङलाई मतदाताले खाजेजस्तै उम्मेदवार पाएको बताएका छन् । धर्मराज जस्ता निस्वार्थी, विज्ञ, दरुदर्शी र प्रष्ट व्यक्ति नै देशका लागि चाहिने मतदाताहरुको भनाइ थियो ।
घदैलोमा लामडाँडा र मोजा पुग्दा स्थानीयले खुसी मनाउँदै शुभकामना र बधाइ दिए । ‘देशका लागि चाहिने त यस्तै प्रस्ट योजना र विज्ञता भएको नेता पो हो त,’ स्थानीय क्या गनेश गुरुङले भने, ‘यहाँ त राजनीतिक दलका नेता नै कोकस्तो छुट्याउन गाह्रो छ ।’
मौजावासीले पार्टी आफ्नो ठाउँमा भए पनि यसपाली धर्मराजका नाममा हात चिन्हमै मत हाल्ने बताएका छन् । उम्मेदवार गुरुङ ४ पुस्तादेखि आफ्नो परिवार त्याग र आफ्नै परिश्रमले निस्कंकित सावित भएको र आफूले पनि भविष्य भ्रष्टार, लोभ, मोह केही नगर्ने बताए । १५ वर्षसम्म संयुक्त राष्ट्रसंघमा काम गरेको अनुभव पोखरा सपार्न लगाउने उम्मेदवार गुरुङले प्रतिवद्धता जनाए ।
‘लोभी र भ्रष्ट नेता अनि सांसद भएरै देशको विकास नभएको देखेपछि साह्रै दुख लाग्यो । अनि आफैं राजनीतिमा होमिउँ र उम्मेदवार बनेर जनताको घरदैलोमा आएको छु,’ उम्मेदवार गुरुङले भने, ‘म सधैं जनताकै आवाज बोकेर हिँड्छु । ताकी कहाँ पैसा खान पाइन्छ भनेर कहिल्यै हिँड्दिन किनकी मलाई पैसा पुगिसक्यो । मेरो ध्यान जनताकै सेवामा हो ।’
उम्मेदवार गुरुङको कुरा सुनेपछि स्थानीयले शुभकामना र आर्शिरवाद दिएका थिए । लामो समय बेलायती सैनिकमा काम गरेका धर्मराजलाई भूतपूर्व गोर्खा सैनिकका परिवारले पनि भोट हाल्ने प्रतिवद्धता गरेका थिए । सुबेदार मेजर समरबहादुर गुरुङले आफ्नै समुदाय, पूर्व गोर्खा सैनिक र विकास निर्माणमा दूरदृष्टी राख्ने इन्जिनियर भएका कारण पनि धर्मराजलाई यसपटकको भोट दिने बताए ।
क्याप्टेन गणेश गुरुङलाई धर्मराजलाई भोट हाल्ने प्रतिवद्धता जनाउँदै मौजासम्म पुग्ने बाटोको स्तरोन्नति गर्न पहल गरिदिन आग्रह गरे । बिहीबार धर्मराजलाई जिताउन मौजामा परिचालन कमिटी पनि गठन भएको दीपक वाइबा तामाङले जानकारी दिए ।
क्या गणेश गुरुङको संयोजकत्वमा निर्वाचन परिचान समिति गठन भएको हो । समितिमा दिलबहादुर गुरुङ, भुपाल विक, चेतबहादुर गुरुङ, समरबहादुर गुरुङ,
टेकमान गुरुङ, कमालबहादुर गुरुङ, तुलबहादुर गुरुङ, देव गुरुङ, खडग गुरुङ र सीता गुरुङ छन् । सवाजवादीले घरदैलो अभियानलाई तीव्र रुपमा अगाडि बढाइरहेको छ । जनताको उत्साह र समर्थनले आफू जीतको नजिक रहेको उम्मेदवार गुरुङले बताए । समाजवादी पार्टीले ८ गते पोखरामा शीर्ष नेता बाबुराम भट्टराई, उपेन्द्र यादव लगायतको उपस्थितिमा चुनावी सभाको तयारी गरिरहेको छ ।
Comments are closed.