म्याग्दीका एक ट्राफिक प्रहरी बेपत्ता

म्याग्दी- जिल्ला ट्राफिक कार्यालय म्याग्दीमा कार्यरत एक प्रहरी ६ दिनदेखि बेपत्ता छन्। बागलुङ, अधिकारीचौरका प्रहरी जवान युवराज पौडेल फागुन २० गते साँझबाट सम्पर्कविहीन रहेको प्रहरी निरीक्षक विमलकुमार उपाध्यायले बताए। ‘चप्पल खोलामा भेटिएको छ, सम्भावित सबै स्थानमा खोजी गरियो,’ उनले भने। उनका अनुसार कार्यक्षेत्रबाट फर्किएपछि बेपत्ता भएका पौडेलको मोबाइलसमेत बन्द छ।

पाँच वर्षअघि प्रहरीसेवामा प्रवेश गरेका पौडेल डेढ वर्षदेखि म्याग्दीमा कार्यरत थिए। पौडेलको चप्पल कालीगण्डकी नदीनजिक फेला परेको प्रहरीले जनाएको छ। एक हप्ता पुग्न लाग्दासमेत कुनै जानकारी नआएपछि आफन्तले पनि खोजी गरिरहेको ढोर्ण कुँवरले बताए। ‘कार्यालय समयमै हराउनु शंकास्पद छ, प्रहरीको अनुसन्धान चित्तबु‰दो छैन,’ उनले भने। प्रहरीका अनुसार पौडेलले दुई महिनादेखि विदेश जाने कुरा गरिरहेकाले त्यसबारे पनि अनुसन्धान भइरहेको छ। जिल्ला ट्राफिक कार्यालय म्याग्दीमा ८ जना कार्यरत छन्।

 

Comments are closed.