म्याग्दीको गुर्जामा अक्सिजन कन्सर्नट्रेटर सहित १४ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

स्वास्थ्य सामागीै प्रदानसँगै संस्थाले गाउँमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न, निबन्ध प्रतियोगिताका विजयीलाई कोरीया भ्रमणमा लैजाने,

पोखरा,
म्याग्दीको विकट गाउँ गुर्जामा लाखौ रुपैयाको स्वास्थ्य सामाग्री प्रदान गरीएको छ । ग्रामीण भेगका स्थानीयवासीको स्वास्थ्य सेवामा सहज होस भन्ने हेतुका साथ द नानोम प्लस नामक कोरीयन संस्थाले गुर्जामा १४ लाख रुपैया बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको हो । सोही गाउँमा जन्मीएका अमर छन्त्यालको समन्वयमा संस्थाले गुर्जा हेल्थ पोष्टमा अत्याधुनिक इएनटी मेसीन जडान गर्नुका साथै अक्सिजन कन्सर्नट्रेटरसहित विभिन्न पाँच किसीमका स्वास्थ्य उपकरण समेत सहयोग गरेको हो ।

धवलागिरी गाउँपालिका वडा नंम्बर १ स्थित अति विकट गुर्जा गाउँ म्याग्दीको सबैभन्दा माथिल्लो गाउँ हो ।
स्वास्थ्य सामागीै प्रदानसँगै संस्थाले गाउँमा निशुल्क स्वास्थ्य शिविर समेत सम्पन्न गरेको छ । शिविरमा गाउँका दुई सय भन्दा बढी सर्वसाधारणले स्वास्थ्य परीक्षण गराएका थिए ।

द नानोम प्लसका संस्थापक अध्यक्ष लिम जंङ्ग हि को उपस्थितीमा सम्पन्न शिविरले स्थानीयको स्वास्थ्य अवस्थाका बारे जान्न र सचेतना फैलाउन सहयोग पुगेको शिविरमा संग्लग्न चिकित्सक डा. लोकेन्द्र छन्त्यालले जानकारी दिए ।
सन् २०१८ मा हिमाल आरोहण गर्ने क्रममा ५ जना कोरीयन आरोहीको गुर्जामा मृत्यु भएको थियो ।त्यस घटनाको स्मरणमा गुर्जाको भौगोलिक अवस्था र मानवीय अवस्थालाई मध्यनजर गर्दै सहयोगको भावना जागेको संस्थाकी संस्थापक लिमको भनाई छ । कोरीयामा स्वतस्फूर्त रुपमा सहयोग उठाएर नेपालको गुर्जामा सहयोग गरेको पनि उनले जानकारी दिईन् ।हिमाल आरोहण र गुर्जाको दृश्य समेटेर कोरीयामा चलचित्र समेत निर्माण भएको थियो ।

निबन्ध प्रतियोगिताका विजयीलाई कोरीया भ्रमणमा लैजाने,
संस्थाका सदस्यहरु गाउँ पुगेकै अवसरमा निबन्ध प्रतियोगिता समेत आयोजना गरीएको थियो । स्थानीय छिस्वाङमा अवस्थित शारदा माविमा सम्पन्न प्रतियोगितामा ६५ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।

“नेपालको माया” अन्र्तगत ‘मेरो उज्वल भविष्य मेरो सपना’ विषयक निबन्ध प्रतियोगितामा विजयी बनेका तीन जना विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरीनुका साथै संस्थाको प्रायोजनमा कोरीया भ्रमण समेत तय गरीएको छ । कोभिडका कारण तत्काल विद्यार्थीलाई भ्रमणमा लैजान असम्भव भएपछि आगामी सेप्टेम्बरमा संस्थाले लैजाने तयारी गरेको छ । प्रतियोगितामा रुविना छन्त्याल प्रथम भएकी थिईन भने टोपमाया छन्त्याल दित्तिय तथा कुशल छन्त्याल तृतिय भएका थिए । उनीहरुले क्रमश नगद १५, १० र पाँच हजार पुरस्कार पाईसकेका छन् भने एक हप्ताको कोरीया भ्रमणको अवसर पनि पक्का गरेका छन् ।
संस्थाले विद्यार्थीहरुलाई पुस्तक अध्ययनमा अभिपे्ररीत गर्ने उदेश्यका साथ गाउँमा पुस्तकालय स्थापनाको लक्ष्य पनि लिएको छ । त्यस्तै संस्थाले चितवन र काठमाडौमा पनि पुस्तकालय स्थापनाको तयारी गरेको छ ।

 

Comments are closed.