उत्तम पौडेल,
असार २७,
अविरल वर्षाको कारण म्याग्दी जिल्लाका धवलागिरी र मालिका गाउँपालिकाहरुमा पहिरो गएको स्थानको घटनास्थलमा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रहरी नायव उपरीक्षक किरण जङ्ग कुँवर लगायतको नेपाल प्रहरी र नेपालीसेनाको संयुक्त टोली पुगि पहिरोमा परी बेपत्ता भएका व्यक्तिहरुको स्थानीयको सहयोगमा खोजतलास गर्ने कार्य जारी छ । खोज तलासको क्रममा हराई बेपत्ता भएका १७ जना व्यक्तिहरु मृत अवस्थामा भेटिएको र ३ जना घाईते भएका व्यक्तिहरुलाई प्रभु एयरको हेलिकप्टरद्वारा उद्दार गरी उपचारको लागि बेनी अस्पताल तथा पोखरा मणिपाल अस्पतालपठाईएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।साथै अन्य हराईरहेका व्यक्तिहरुको खोजिकार्य भईरहेको समेत रेग्मीले जानकारी दिए।
Comments are closed.