म्यान्मार सैन्य शासनः दमन जारी,८० जनाभन्दा बढी मानिसको मृत्यु

म्यान्मारको बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा दमन गरिँदा ८० जनाभन्दा बढी मानिसको मृत्यु भएको अभियानकर्मीहरूले बताएका छन्।मृतकहरूको शव सेनाले लिएर गएको बताइएको छ र ज्यान गुमाउनेको स्पष्ट सङ्ख्या कहिल्यै थाहा नहुन सक्छ।प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै सुरक्षाकर्मीहरूले ठूला हतियार प्रयोग गरेको र केही हलचल हुनेबित्तिकै गोली प्रहार गरेको सञ्चारमाध्यमले जनाएका छन्।म्यान्मारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ

Comments are closed.