“म माया गर्न पनि सक्दिन र नगर्न पनि सक्दिन”

प्रिय नन्दि,

यो सुन्दर साँझ मन्दिरमा आएर म तिमीलाई केही सोध्न चाहान्थें । तर समय र परिस्थितिले अनुमति दिएन । त्यसैले, तिमीलाई केही लेख्ने निर्णय गरें ।

सर्व प्रथम, म मेरो एउटा बिर्सन लाएक भूल प्रति क्षेमा चाहान्छु मैले मेरो हिर्द्य खोल्नु हुँदैनथ्यो तर अनजानमा नै खोलियो सम्झनामा सँधै आई रहने “५८ दिन” मेरो दिमागले हिर्द्यको आवाजलाई सही तरिकाले बुझ्नअसमर्थ भयो  “म जीवन प्रति सचेत भए देखि आज सम्म ‘उपलब्धि नै जीवनको लक्ष्य बन्यो’”  मैले मेरो जीवनलाई जीवनको कठिन समयमा कसरी आतंकित नहुने, कठिनाईको सामना कसरी गर्ने, आत्मा अनुसाशनकोसिमामा कसरी बस्ने, मनमा अथाह पीड़ा भए पनि कसरी दुनियाँको अगाडी मुस्कुराउने र समयको गति अनुसार कसरी आफूले आफैंलाई योग्य र सक्षम बनाउने भन्ने कुरामा प्रशिक्षण दिने, सिकाउने र तालीम दिने गर्दै आएकोथिएँतर दुर्भाग्यवश “हिर्द्यालाई कसरी नियंत्रण गर्ने भन्ने कुरा चाहीं मैले काहिँ पनि र कसैबाट पनि सिक्न सकेको रहेनछु” वास्तवमा, मैले मेरो हिर्द्यको आवाज सँग कहिल्यै पनि कुनै समझौता गरिन  मैले हमेशा आफ्नोहिर्द्यको आवाज सुनेंआज म संग जे छ र आज म जे छु त्यो सबै हिर्द्यको आवाजको परिणाम हो ,म मेरो हिर्द्य प्रति आभारी छु र सँधै रहने छु तिमी ईस्वर हौ, म लाई भन्दा बढ़ी तिमी लाई थाहा छ की ‘उनी कसरी मेरो हिर्द्यमा प्रवेश गरिन’ भन्ने कुरा म लाई आज सम्म थाहा छैनर, सायद कहिल्यै थाहा हुने छैन जीवनमा लाखौं मान्छे भेटिन् छन् केही साथीबन्छन् त कोही शत्रु बन्छन्बाँकी चाहिँ जीवन अगाडी बढ्दै जाँदा बाटोमा कतै हराउँदै जन्छन् । ऊनीहरु नजरमा म हराऊँछु । मेरो नजरमा उनिहरु हराऊँ छन् । सयाद यो प्रकृतिको नियम नै हो।

मेरो हिर्द्यमा केही प्रश्नहरु छन् । विना कुनै संकेत, विना कुनै कुनै सूचना, विना कुनै खवर या जानकारी उनी कसरी र किन मेरो हिर्द्यमा प्रवेश गरिन? मेरो हिर्द्य कुनै गन्तव्य बिना खुल्ला आकाशमा किन उड़दै छ? ….अलिकती गहिराईमा गएर सोच्दा के लाग्छ भने ‘उनी मेरो हिर्द्यमा प्रवेश गरेकी होईनन् बरु, मेरो हिर्द्यले ऊनीलाई अकल्पनिय स्वागत गरेको हो सायद, म जीवनको सबै भन्दा बढ़ी सुन्दर रङ्ग  हेर्न चाहन्थें । यो पनि हुन सक्छकी मेरो हिर्द्य ‘सीमा रहित प्रेम’ को सुवास महसुस गर्न  चाहान्थ्यो  । अहिले म तथ्य स्वीकार गरेर वास्तविकता महसूस गर्न सक्छु कि “हामीजीवनका बाटाहरु परिवर्तन गर्न सक्छौं तर जीवनको नियति बदल्न सक्दैनौं” ।  

            एउटा कठिन तर अति आवश्यक निर्णय लिनु भन्दा पहिले ‘म मेरो हिर्द्यको प्यास नमेटुन्नुजेल ऊनिलाई हेर्न चाहान्थें’। तर, सायद एउटा लामो बाटो अगाडी हिंडन बाँकी नै छ ।  हो, एउटा पवित्र हिर्द्यबाट अलग्गिएर हिँड्नुपर्दा आँखामा आँशु मात्रै होईन हिर्द्यमा गहिरो पीड़ा पनि छ  दिमागमा दारुण वेदना छ तर, एक्लै यसरी भौंतारिदै हिँड्दा म ख़ुशी त हौंला तर  म कर्तव्य बिमुख पनि हुन्छुकर्तव्य बाट भाग्नु मेरा लागि मिर्तु भन्दा पनि बढिपिडादायी कुरा हो  कर्तव्य बाट भागेको मेरो शरिरलाई मेरो हिर्द्यले कहिल्यै सम्मान गर्दैन  जसलाई म प्रेम र सम्मान गर्छु ऊनिहरुको भावना लाई बलपूर्वक मिचेर म कहिल्यै अगाडी बढ्न सक्दिन  हे ईस्वर, यदि मेरोआफ्नै हिर्द्यले म लाई सम्मान गर्दैन भने अरुले के सम्मान गर्छन्? हिर्द्य कुँडिएर चुँडिएको शरिरले जीवनको रथलाई सही बाटोबाट अगाडी बढाउँनसक्दैन म लाई थाहा छ कि ‘पवित्र हिर्द्यबाट टाढा हुँदै जानु मेरो जीवनको सबै भन्दा कठिन निर्णय हो’। तर पनि, म यसको कार्यान्वयन ईमानदारीपूर्वक गर्छु । हो, मेरो हिर्द्यमा ‘गहिरो मौनता’ छ  यो कठिन समयमा मकेही बोल्न सक्दिन तर हिर्द्यको  भावना चाहिँ आँशु बनेर बगी रहने छ।

            मलाई मेरो हिर्द्यले सूचित गर्दै छ कि, “म प्रेमको उच्चतम बिन्दुमा पुगेको छु। यहाँ बाट अगाडी जाने ठाऊँ कतै छैनअब, यहाँ बाट हिँड्नुको अर्थ  ओरालो लाग्नु हो र म यो कहिल्यै चाहान्न । आजको सूर्यास्त भन्दाअगाडी सम्म मनमा लाखौं ईच्छा र रहरहरु थिए । ऊनि सँग कफी पिउने, हात समाएर प्राकृतिक र एतिहासिक ठाऊँहरु घुम्ने, काली गण्डकीको पवित्र पानी पिऊँने लगाएत अरु अरु  पनि।  सायद, म उनको हिर्द्यमा कुनै ठाऊँखोजी रहेको पनि  थिएँ की! ……… तर नियतिको चाहान यस्तो थिएन। नियती त्यो चाहान्थ्यो जुन म चाहाँदैनथेँ। तरपनि,  नियतिको बिरुद्ध को जान सक्छ र!  नियतिको खेल यति धेरै कठोर भई दियो कि  “हिर्द्यका  सबै  ईच्छा ररहरहरु सूर्यास्त संगै ओईलाएर गए; सायद फेरी कहिल्यै नआउने गरेर………। 

            म यो बचन तिमी लाई दिन्छु कि “म उनी लाई कहिल्यै केही भन्ने छैन । उनले भनेका कुनै पनि कुरा लाई “हुन्न” भन्ने छैन एउटा कुरा “म लाई बिर्स है” भनेर उनले भनिन् भने चाहिँ त्यो म गर्न सक्दिन किनकी त्यो सम्भवछैन म उनको नजरमा कहिल्यै नदेखिंन सक्छु तर उनीलाई बिर्सन सक्दिन  यो बाहेक, अरु कुरा ‘विना कुनै प्रश्न, विना कुनै शंका म हमेशा उनको कुराको आदर र सम्मान पूर्वक पालना गर्ने छु’  हो, आज बाट ‘मोबईलकोलग्स” चाहिँ दिनमा हजारौं पटक हेर्ने छैन ।उनी ‘पवित्र हिर्द्य’ लिएर तिमी लाई भेट्न आई रहन्छिन्। मलाई मेरो हिर्द्यले भन्दै छ कि ‘धेरै छिट्टो उनी तिमी सँग  केही सोध्न/भन्न आउने छिन्’  । म लाई यो थाहा छ कि उनी तिम्रो एक प्रिय भक्त हुन्। तिमी प्रति उनकोगहिरो र अटूट विस्वास छ। तिमीले मात्रै उनको ‘भावना र चाहाना’ बुझ्न सक्छौ भन्ने कुरा उनी सँधै महसुस  गर्छिन् । उनी लाई जीवन भरी तिम्रो प्रेम र आशीर्वाद प्राप्त भई रहोस् एउटा कुरा म तिमी लाई अनुरोध गर्छु- जबउनी तिमी लाई भेट्न आउने छिन् तव तिमीले भन्दिनु कि ‘मेरा हतारका कुराहरु र चुलबुले कार्यलाई माफी दिनु र विर्सी दिनु” भनेर ।   यो सत्य हो कि ‘म उनका आँखामा प्रेम देख्न सक्छु। म उनको हिर्द्यको दैविक प्रकाश उनको अनुहारमा देख्न सक्छु उनको हिर्द्यले महसूस गरेको कुरा म महसूस गर्न सक्छु । र, उनको दिमागाको दुविधा पनि म बुझ्नसक्छु । …………. ।” मेरो जीवनको यो अत्यन्तै कठिन समयमा पनि यो कुरा सोच्दा म लाई गर्व महसूस हुन्छ कि ‘ऊनि मेरो पहिलो र अन्तिम प्रेम हुन्’म लाई यो पनि थाहा छ कि ‘यो प्रेम मेरो हिर्द्यको एक तर्फि प्रेम हो र म लाईमेरो हिर्द्य प्रति कुनै शंका छैन। यो समय म मेरो हिर्द्यलाई केही भन्न सक्दिन। मेरो हिर्द्य एउटा गहिरो मौनतामा छ। अहिले जे भने पनि बुझ्न सक्ने अवस्थामा छैन।

मैले मेरो जीवनमा ‘पराजय’ कहिल्यै स्वीकार गरिन । मैले कि जितें नत्र सिकें ।  तर यी अमुल्य ५८ दिनले म लाई मेरो जीवनको लागि अर्थपूर्ण पाठ सिकाएका छन् । मेरो हिर्द्यमा न कुनै विजयको उन्माद छ न पराजयकोडर ।गहिरो मौनतामा हिर्द्य हराऊँन खोज्दै छ।  कर्तव्यबाट भाग्ने र निर्णय गरि सके पछि, पछि हट्ने सँस्कार म भित्र छैन तिमीले नै सिकाऊँदै आएका छौ कि “भावना भन्दा माथि हुन्छ कर्तव्य  उपलब्धि भन्दा माथि हुन्छ आत्मा बलिदानकहिलेकाँही कर्तव्यको पालना गर्दा आत्मा बलिदान गर्नु पर्यो भने पनि पछि हट्नु हुँदैन” यो समयमैले हिर्द्यको भन्दा पनि समयको आवाज बढि सुन्न जरुरी छ  कुनै दिन गहिरो मौनाता बाट खुल्ला सँसारमा आयो भने हिर्द्यले पनि यो कुरा स्विकार गर्ने छ ।

तिमीले अनुमति दियौ भने कुनै एक दिन म तिमी लाई भेट्न निश्चय पनि आउने छु। र, तिमी लाई भन्ने छु कि हिर्द्यको चारैतिर अँध्यारो भए पछि त्यही हिर्द्यलाई कुनै ‘देखिने चोट’ नलागोस भनेर मैले मेरो हिद्यलाई किनगहिरो मौनातामा राखें’ भनेर  मेरो हिर्द्यमा केही प्रश्न सँधै अनुत्तरित भएर बस्ने छन् :-“प्रेमको समुद्रबाट लाखौं कोश टाढा म मेरै एक्लोपनको सँसारमा रमाएकै थिएँ  अनि “प्रेमकी देवी लाई मेरो हिर्द्यमा किन पठाएको?” मैले त“तिम्रो हिर्द्यले तिमी लाइ के भन्छ?” भनेर एउटा साधारण प्रश्न मात्रै सोधेको थिएँ  तर “मेरो मनले भन्छ ‘म माया गर्न पनि सक्दिन र नगर्न पनि सक्दिन’” भन्ने एउटै साधारण वाक्यले मध्यरातको अँन्धकारमा कहिल्यै ननिभ्ने दियोकिन बाल्यो होला ?  गहिरो मौनतामा भए पनि हिर्द्यले पनि यही सोच्दै छ:- “मध्यरातको अँन्धकारमा कहिल्यै ननिभ्ने दियो किन बल्यो होला?”

Comments are closed.