पोखरा, ११ मंसिर
कास्की क्षेत्र नं. २ का उम्मेदवार खेमराज पौडेलले आफू चनाव विजयको
सन्निकट रहेको बताएका छन् । उनले जनताका आकांक्षा र मनोभावनाका साथै
कांग्रेस पार्टीप्रति जनताको विश्वासका कारण आफू विजय निकट रहेको स्पष्ट
पारे ।
नेपाली कांग्रेस, धादिङ–पोखरा सम्पर्क समितिले बुधबार आयोजना गरेको
उम्मेदवारसंगको भेटघाट कार्यक्रममा उनले सरकारका विभिन्न काण्डबाट जनता
वाक्क दिक्क भएको भन्दै यस पटक कांग्रेसको जित सुनिश्चित भएको बताए ।
जनताको सोंच पार्टी र व्यक्ति भन्दा निकै माथि पुगिसकेको र विवेकी
भइसकेको आफूलाई महसूस भएको उम्मेदवार पौडेलले बताए । उनले यो चुनाव
कांग्रेसको प्रतिष्ठाको विषय भएकाले पनि निकै महत्वपूर्ण भएको स्पष्ट
पारे ।
‘यो चुनाव पार्टीले जित्ने हो । म त निमित्त मात्रै हो । मैले यो
चुनावलाई अवसरको रुपमा लिएको छु र चुनाव जित्छु भन्ने कुरामा पनि ढुक्क
छु’, उलले भने । मानिसको आदर्श र विचार कहिल्यै बुढो नहुने भन्दै उन्दै
उनले आफूलाई उमेरले केही फरन नपारेको बताए ।
‘विपि कोइराला पनि विचार र आदर्शको अगाडि उमेर केही होइन, उमेरले विचार र
आदर्शलाई प्रभावित पार्न सक्दैन भन्नुहुन्थ्यो । मेरो पनि मान्यता यही
हो’, पौडेलले भने, ‘अबको बाँकी जीवन समाजसेवामै लगाउने अठोट लिएर मैदानमा
ओर्लिएको छु ।’
उम्मेदवार पौडेलले धादिङ समितिको यो प्रयत्नले धादिङ–पोखरा बीचको सम्बन्ध
अझै बलियो र प्रगाढ बन्ने स्पष्ट पारे । ‘आफूलाई सहयोग गर्न सिंगो समिति
र धादिङ कांग्रेस समेत लागेको जानकारी पाएको थिएँ । यो गुन म कहिल्यै
भुल्नेछैन’, उनले भने ।
कांग्रेस नेता रामनाथ अधिकारीले कांग्रेसले जित्न सकेमात्रै लोकतन्त्र
बलियो हुने भन्दै यो चुनाव देश र कांग्रेसका लागि निकै महत्वपूर्ण भएको
बताए । निष्ठा र त्यागका प्रतिमूर्ति खेमराज पौडेललाई जिताउन सबै पंक्ति
एकढिक्का गएर लाग्न उनले निर्देशन दिए ।
नेपाली कांग्रेस धादिङका पूर्व पार्टी सभापति एवं पूर्व सांसद रामनाथ
अधिकारीले भने, ‘खेमराज जत्तिको नेता अबको नेपाली राजनीतिले पाउँदैन ।
उहाँलाई अघि बढाउने र उहाँका आदर्श राजनीतिमा स्थापित गर्ने यो
महत्वपूर्ण अवसर हो । त्यसैले यो चुनाव कांग्रेसले जित्नुपर्छ ।’
नेपाली कांग्रेस धादिङका पार्टी सचिव विनोद तिमिल्सिनाले राष्ट्रिय,
अन्तर्राष्ट्रिय क्षेत्रको चासो कास्की–२ मा रहेकाले यो चुनावले नेपाली
राजनीति र नेपाली कांग्रेसको रणनीतिलाई निकै फेरबदल गर्ने दावी गरे ।
कांग्रेसले यो चुनाव जित्न सके मुलुक सही ढंगले अघि बढ्ने उनको दावी थियो
।
समितिका निवर्तमान सभापति केदार धमलाले कास्की कांग्रेसको चुनावमा
धादिङ्गेको सहयोग र साथ विगतमा पनि थियो, अहिले पनि छ र भविष्यमा पनि
हुने बताए । उनले उम्मेदवार पौडेललाई जिताउन सबै साथीहरू खटिएको बताए ।
समितिका सभापति लाल प्रसाद पाठकले उम्मेदवार पौडेललाई जिताउन जस्तोसुकै
सहयोग पनि गर्न तयार रहेको भन्दै अबको केही दिन पनि सक्रियतापूर्वक
लाग्ने प्रतिवद्धता जनाए ।
समितिका सचिव माधव लम्सालले यो चुनाव कांग्रेसका लागि गर र मरको अवस्थामा
रहेकाले चुनावी अभियानमा सक्रियतापूर्वक लागेको बताए ।
Comments are closed.