कन्सल्टेन्सीले खास गर्नुपर्ने सेवा भनेको करिअर काउन्सिलिङ हो
पछिल्लो समय पोखरामा थुप्रै एजुकेशन कन्सल्टेन्सीहरु खुलेका छन् । टोलै पिच्छे कन्सल्टेन्सीका बोर्डहरु झण्डिएका छन् । विशेषतः वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई परामर्श दिनका लागि भन्दै खुलेका कन्सल्टेन्सीहरु धेरै प्रचार गर्न र विद्यार्थी भर्ना गर्न उद्धत देखिन्छन् । कतिपय कन्सल्टेन्सीकै कारण धेरै विद्यार्थी ठगिएका समाचारहरु पनि सार्वजनिक भैरहेका छन् । यस्तो अवस्थामा विद्यार्थीले कसरी राम्रो र उचित परामर्शका लागि कन्सलटेन्सीको छनौट गर्ने त ? विद्यार्थीलाई चुनौती बनेको छ । सन् २००१ मा स्थापना भई यही क्षेत्रमा काम गर्दै आएको संस्था हो कंगारु एजुकेशन फाउण्डेशन । पोखरामा २००९ मा फाउण्डेशनले शाखा विस्तार गरेको थियो । फाउण्डेशनको अन्तर्राष्ट्रिय सञ्चार तथा परामर्श निर्देशक टिआर काफ्ले यस क्षेत्रमा ज्ञाता मानिन्छन् । उनी फाउण्डेशन पोखराका कार्यकारी निर्देशक पनि उनी हुन् । कंगारु एजेकेशन फाउण्डेशनको काम, एजुकेशन कन्सल्टेन्सी क्षेत्रका चुनौती र विद्यार्थीले भाेग्नुपरेकाे समस्याका विषयमा काफ्लेसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
कंगारु एजुकेशन फाउण्डेशन कस्तो संस्था हो ?
कंगारु एजुकेशन फाउण्डेशन एजुकेसनल क्षेत्रमा एक सफल र परिचित नाम हो । यसको स्थापना सन् २००१ मा भएको हो । सन् २००७ देखि हामीले हाम्रो कन्सल्टेन्सीको नाम कंगारु राखेर अघि बढेका हाैँ । यसले विदेश पढ्न जान चाहने विद्यार्थीलाई आवश्यक सम्पूर्ण परामर्श र सहयोग प्रदान गर्दै आएको छ । २००९ मा पनि कंगारु अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुको रोजाईमा पर्दै आएको छ । विदेशमा कस्तो पढाइ हुन्छ, त्यहाँका विश्वविद्यालय कस्ता छन्, त्यहाँ गएर पढ्दा के फाइदा हुन्छ जस्ता विषयमा यस कन्सल्टेन्सीले विद्यार्थी र अभिभावकलाई स्पष्ट ढङ्गले परामर्श प्रदान गर्छ । परामर्शका साथै हामीले विद्यार्थी पठाउने मुलुकको मुख्य भाषा अंग्रेजी लगायत हुने हुँदा आईएलस्, सिएई, पिटिई ल्याङ्वेज कोर्ष सिकाउँदै आएका छौं । हामी सम्बन्धित देशको भाषा सिकाएर विद्यार्थीलाई परिपक्व बनाई अध्ययनका लागि विदेश जान परामर्श र सहयोग प्रदान गर्दछौं ।
कंगारुले कुन कुन देशमा कति विद्यार्थी पठायो ?
कंगारुको परामर्श र सहयोग लिएर सबैभन्दा बढी विद्यार्थी अष्ट्रेलिया गएका छन् । त्यहाँ एक हजार भन्दा बढी विद्यार्थी कंगारुकै माध्यमबाट पुगेका छन् । न्यूजिल्याण्डमा दुई सय भन्दा बढी विद्यार्थी पुगेका छन् । आयरल्याण्ड र स्वीटजरल्याण्डमा समेत कंगारु मार्फत विद्यार्थी जाँदैछन् । स्वीटजरल्याण्डमा होटल म्यानेजमेन्ट अध्ययनका लागि राम्रो पाइएको छ ।
– कंगारुको भावी योजना के छ ?
हामी क्यानाडा र न्यूजिल्याण्डमा कंगारुको अफिस स्थापना गर्ने तयारीमा छौं । नेपालबाट हामीमार्फत गएका विद्यार्थीहरुलाई आइपर्ने कुनै पनि समस्या समाधानमा सहजीकरण गर्नका लागि अफिस स्थापना गर्ने सोच बनाएका हौं । त्यहाँ पढ्ने विद्यार्थीलाई कलेजमा कुनै समस्या परे या रोजगारीको शिलशिलामा कुनै समस्या आएमा सहजीकरणको काम त्यहाँको अफिसले गर्नेछ ।
विदेश अध्ययनका लागि जान चाहने विद्यार्थी र तिनका अभिभावकलाई के भन्नुहुन्छ ?
अहिले सूचना जताततै उपलब्ध छ । विदेश पढ्न जाने विषयमा परामर्श दिने संस्थाहरुले लोभ्याउने गरी विज्ञापन गरेका हुन्छन् । हामीले गम्भीरतापूर्वक बुझ्नु पर्ने कुरा यही हो । विदेश जाने क्रममा सही परामर्श कसले दिन्छ, बुझेर मात्र अघि बढ्नु पर्छ । हाम्रो आग्रह छ विदेश पैसा कमाउनमात्र जाने होइन, करिअर बनाउन पनि जाने हो । पैसाको पछि लाग्दा पैसा त हुन्छ तर करिअर नाश हुन्छ । अहिले नेपालबाट जाने अधिकांश विद्यार्थीले पढाइको बहाना गरे पनि पढाई मा भन्दा रोजगारी र पैसामा बढी ध्यान दिएका छन् । पहिले पढाईमा ध्यान दिनुपर्छ, त्यसबाट करिअर बन्छ अनि पैसा आफैं कमिन्छ ।
विदेश अध्ययनका लागि जान चाहने विद्यार्थीले कंगारु नै किन रोज्ने ?
विदेश अध्ययनका लागि जान चाहने विद्यार्थीले कंगारु नै रोज्नुपर्ने केही कारणहरु छन् । यो त्यस्ता विद्यार्थीहरुका लागि परामर्श प्रदान गर्ने पुरानो र स्थापित संस्था हो । यस संस्थाको व्यवसाय नै परामर्श दिने हो । पुरानो र स्थापित यस संस्थाले सही परामर्श प्रदान गरेकै कारण यो विश्वसनीय पनि बनेको छ । कंगारुका सबै परामर्शदाता व्यावसायिक हुनुहुन्छ । हामी समाजप्रति पनि उत्तरदायी छौं । भविष्यसम्म यो गरिमालाई हामी कायम राख्ने छौं ।
कंगारुको अहिले जुन टीम छ, त्यो आफैंमा नेपालमा पहिले परामर्श लिई विदेशमा अध्ययन र रोजगारीको लामो अनुभव संगालेर नेपाल फर्किएको परिपक्व टीम हो । त्यसैले त्यहाँ हुने सजिला र अप्ठ्यारा बारे हामी आफैंले भोगेर आएको हुनाले सही अनुभव बाड्न र परामर्श दिन सक्षम छौं ।
विद्यार्थीका लागि आवश्यक कोर्ष अध्यापन हुने विदेशका कलेजहरुसाग हाम्रो सोझै र राम्रो सम्पर्क अनि पहूँच भएका कारणले पनि विदेश अध्ययनका लागि जान चाहने विद्यार्थीले कंगारु नै रोज्नु पर्ने हुन्छ । विद्यार्थीलाई रोजगारी पुनःस्थापना अर्थात जव मार्केटको व्यवस्था, शैक्षिक वातावरणमा कसरी समायोजन गर्ने भन्ने विषयमा हामीले आफ्नो पहूँचका कारण सहयोग गर्न सक्छौं । कंगारु ‘एजुकेशन कन्सल्टेन्सी एसोशिएसन अफ नेपाल’को सदस्य हुनुका साथै अष्ट्रेलियामा काउन्सिलिङ गर्न मान्यता प्राप्त क्वालिफाइड् एजुकेशन एजेण्ट काउन्सिल कीवीएससीबाट मान्यता प्राप्त संस्था हो कंगारु । यसले सन् २००७ मा उक्त सर्टिफिकेट पाएको हो भने सन् २०११मा न्यूजिल्याण्ड सरकारको तर्फबाट गुणस्तरीय शिक्षाको छनौटमा परेका पाँचवटा एजुकेशनल कन्सल्टेन्सी मध्ये न्यूजिल्याण्डका लागि विशेष एजेण्टको सर्टिफिकेट समेत प्राप्त गरिसकेको छ । त्यस्तै सन् २०१३मा यूरोपियन स्ट्यान्डर्सको आइटीएसी सर्टिफिकेशन आइसिएफ मार्फत प्राप्त गरिसकेको छ भने ई–क्यानको सदस्यसमेत रहेको छ कंगारु ।
एजुकेसन कन्सल्टेन्सी क्षेत्रका थुप्रै विकृतिहरु धेरै छन् । गलत सूचना प्रचार गर्ने, कमाउन मात्रै खोज्ने प्रवृति देखिन्छन् नी ?
अन्य क्षेत्र झैं यस क्षेत्रमा पनि पक्कै विभिन्न विकृति, समस्या र चुनौतिहरु छन् । अधिकांश कन्सल्टेन्सीले आफ्नो फाइदामात्र हेर्ने र विद्यार्थीलाई एड्मिसन काउन्सिलिङमात्र गर्दै आएका छन् । कन्सल्टेन्सीले खास गर्नुपर्ने सेवा भनेको करिअर काउन्सिलिङ हो । यस क्षेत्रमा दक्ष परामर्श दाताको कमी छ । बजारमा अस्वस्थ प्रतिस्पर्धा छ । विद्यार्थी लोभ्याउने गलत सूचना प्रचार गरेर विद्यार्थी तान्ने काम भइरहेको छ । यसबाट व्यावसायिकता भन्दा अव्यावसायिकता मौलाएको छ । कतिपय कन्सल्टेन्सीले त विद्यार्थी र अभिभावकलाई भ्रममा पारेको समाचार सुनिन्छ । कतिपयले ई–क्यानको सदस्यता समेत लिएका छैनन् ।
यस्ता समस्याका समाधान कसरी गर्ने त ?
शिक्षा मन्त्रालयले एजुकेशनल कन्सल्टेन्सीहरुलाई लक्षित गरी जारी गरेको निर्देशिका पूर्ण रुपमा सबैले पालना गर्नुपर्छ र मन्त्रालयले गराउनुपर्छ । अहिले कंगारुले त्यो निर्देशिका पूर्ण पालना गरेको छ । उक्त निर्देशिका पालना नगर्ने कन्सल्टेन्सीबाट विद्यार्थी ठगिने सम्भावना बढेको छ । जसका कारण विद्यार्थीको भविष्य सुरक्षित छैन ।
अन्त्यमा ?
विदेश पढ्न जाने भन्ने कुरा एउटा लहड जस्तो भएको छ । सर्वप्रथम त यो सोचाई बदल्न आवश्यक छ । ठूलो लगानी गरी ती शैक्षिक गन्तव्यमा गइने हुनाले जानुभन्दा अगाडि छनौट गरिने देशको शैक्षिक नीति, कलेज वा विश्वविद्यालयको विश्वसनीयता, विषय छनौट, देश विशेषका कानुनी प्रक्रिया, आईएलस, टोफेल, बिटी आदि आधारभूत ज्ञानलाई ध्यान दिई आवश्यक तयारी हुन जरुरी छ । पैसा कमाउने एउटा उद्देश्य भएपनि गुणस्तर शिक्षा आर्जनलाई पनि प्रधान रुटिङ बनाउन उत्तिकै आवश्यक छ ताकि अबको ५ वा १० वर्ष पछाडि आफूलाई कहाा देख्ने चाहना छ, स्वदेश फिर्ता भईसकेपछि आफूले आर्जन गरेको शिक्षाले कुन क्षेत्रमा काम गर्न सक्छ, स्पष्ट खाका बनाउान जरुरी छ । स्कलरसीपमा जाने विद्यार्थीहरुले जीआरई म्याटरमा तयारी हुनुपर्दछ । यस्ता विषयहरुमा तयार भएर विदेशमा उच्चशिक्षा लिन गएमा सार्थक हुनेछ ।
प्रायः एजुकेशन काउन्सिल गर्ने संस्थाहरुले विद्यार्थीहरुसाग मूलतः एड्मिसन काउन्सिलमा जोड दिने गर्छन्, त्यसो मात्र गरिनु चैं त्यति राम्रो होईन, मुख्य गरेर हुनु पर्ने चाहिं करिअर काउन्सिलिङ हो । विद्यार्थीले यी पक्षहरुलाई ध्यान दिनुपर्छ ।
Comments are closed.