यसरी गर्नुपर्छ ः गर्भवती महिलाको हेरबिचार

 

अहिले सबैको ध्यान कोरोनातर्फ मोडिएको छ । एकातिर कोरोना भाइरसको संक्रमणको भय, अर्कोतर्फ अस्पताल आउजाउ गर्ने प्रतिकुलता । यो समस्याले सबैभन्दा बढी पिरोलेको हुनसक्छ, गर्भवतीलाई । गर्भावस्थामा चिन्तामुक्त हुनुपर्छ । गर्भवतीको शारीरिक मात्र होइन, मानसिक अवस्थाले पनि गर्भको बच्चालाई प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले यतिबेला खुसी र ढुक्क हुन आवश्यक छ ।यसका लागि घरको पारिवारिक वातावरण यस्तो हुनुपर्छ, जसले कुनै तनाव, बेचैनी, भया पैदा नगरोस् । यो भूमिका खेल्नुपर्ने हुन्छ, श्रीमानले । श्रीमती गर्भवती भएपछि श्रीमानको जिम्मेवारी थपिन्छ । श्रीमतीको उचित हेरबिचार गर्नुपर्ने हुन्छ । श्रीमतीको खानपानदेखि सुत्ने–उठ्ने तालिका मिलाउनेसम्मको काममा श्रीमानले सहयोगी भूमिका खेल्नुपर्छ । अहिले धेरैजसो घरमा छन् ।गर्भवती श्रीमतीको हेरचाह गर्नका लागि अनुकुलता पनि मिलेको छ । तर, प्रसूती गराउनुपर्ने, नियमित जाँच गराउनुपर्ने अवस्थामा के कस्ता तयारी गर्ने भनेर सर्तक अवस्थामा चाहि रहनुपर्छ । यसका लागि नजिकका अस्पताल, चिकित्सक, एम्बुलेन्स आदिसँग सम्पर्कमा रहनुपर्छ ।
श्रीमतीको मनोबल बढाउने–गर्भावस्थामा महिलामा हुने समस्या, कमजोरी आदिलाई श्रीमानले पनि अनुभूत गर्न सक्नुपर्छ । गर्भवती श्रीमती के कस्ता चुनौतीसँग जुधिरहेका छन् भन्ने कुरा मनन गरेर त्यही अनुसार सहयोगी व्यवहार गर्नुपर्छ । श्रीमतीको आत्माविश्वास बढाउने, खुसी राख्ने कुरामा श्रीमानले भूमिका खेल्नुपर्छ । बद्लिदो दिनचर्यालाई बुझौं ःगर्भधारणपछि महिलाको काम गर्ने क्षमता कम हुन्छ, जो बच्चालाई जन्म दिइसकेको केहि दिनसम्म कायम रहन्छ । यस स्थितीमा घरको रुटिन नियमित नहुन सक्छ । श्रीमतीको अभावमा हुने कतिपय काममा श्रीमान अग्रसर हुनुपर्छ ।
सजगता अपनाउने –गर्भवती श्रीमतीलाई चिकित्सकहाँ पु¥याउने, सही खानपान दिने, सहज पहिरन छनौट गरिदिने जस्ता कुरामा श्रीमानले ख्याल राख्नैपर्छ । यसबेला तपाईंले श्रीमतीको सामुन्ने राम्रो कुरा मात्र गर्नुहोस् । उसलाई राम्रो कुरा मात्र सुनाउनुहोस् । राम्रो काम मात्र देखाउनुहोस् । श्रीमतीको आसपास रहनुहोस्, ताकि उनले आफुलाई एक्लो र असुरक्षित महसुष नगरोस् । योग गराउनुहोस् ।
प्रसव पूर्व कक्षाको जरुरी ः प्रसवको समयमा हुने के कस्ता अवस्था आउँछ भन्ने कुराको जानकारी श्रीमतीलाई हुनुपर्छ । कसरी प्रसवलाई सहज र कम पीडादायक बनाउने भन्ने कुरामा पनि श्रीमतीले आवश्यक जानकारी दिलाउनु पर्छ । समझदारीताका साथ काम गरौ ः जब श्रीमती गर्भवती हुन्छ भने घरमा कुनै पार्टी, भोज आदि नगरौ । यस्ता कामले उनीहरुलाई झर्को लाग्न सक्छ र बोझिलो पनि ।
अनावश्यक परिवर्तनप्रति चनाखो रहने –गर्भावस्थामा विभिन्न किसिमको परिवर्तन हुन्छन् । त्यसमध्ये केहि स्वभाविक हुन्छन्, भने केहि अस्वभाविक । पत्नीमा कुनै अस्वभाविक परिवर्तन आइरहेको छ भने त्यसप्रति चनाखो हुनैपर्छ, ताकि गर्भवती श्रीमती र गर्भको बच्चालाई नराम्रो असर नपरोस् ।

Comments are closed.