यस्ता देखिए नेपालमा शाहरुख खान, माफी मागे खानले

 १६ वर्षपछि  राजधानी आएका बलिउड अभिनेता शाहरुख खानले नेरोलाक पेन्ट्सद्वारा वातावरणसम्बन्धी सामाजिक अभियान ‘यु क्यान’को फेसबुक पेजको उद्घाटन गरे। कार्यक्रममा खानले दर्शकले दिएको अपारमायाप्रति आभार व्यक्त गरे।

 Shah Rukh Khan 02

‘किङ भनेको त्यो हो जसले अरुलाई खुसी राख्छ,’ कार्यक्रममा उनले भने, ‘म भाग्यमानी मानिस हो। आम जनताको माया पाएको छु।’ विमानस्थलको चापले आइतबार आउन नसकेकामा उनले माफी पनि मागे। कालो सुटमा देखिएका बलिउड अभिनेता शाहरुख खानले भने, ‘इन्साअल्ला..सुन्दर नेपाल देशमा बस्ने नेपाली जनताले दिएको मायाप्रति आभारी छु। आगामी दिनमा बच्चा र परिवारसहित फेरि नेपाल भ्रमण गर्न चाहन्छु।’
पत्रकारहरुलाई दुई घण्टा कुराएर करिब १० मिनेट मात्र स्टेजमा देखिएका थिए।

Shah Rukh Khan 06

यसअघि अभिनेता खानको एक झलक हेर्न त्रिभुवन विमानस्थान पुगेका हजारौँलाई अभिवादन स्वरुप हात हल्लाए। एयरपोर्टबाहिर उनको सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई भिड नियन्त्रण गर्न भ्याइनभ्याइ भएको थियो। अभिनेतालाई नेपालस्थित भारतीय निजी सुरक्षाकर्मीले पनि सुरक्षा दिएका थिए।

fans of sharukh khan-01

नेपाल प्रहरीका सई आशुतोष ठाकुरले अचाक्ली भिडका कारण व्यवस्थापन गर्न गाह्रो भएको प्रतिक्रिया दिए। ‘टर्किस विमान दुर्घटनापछि एयरपोर्टको चाप बढेकाले पनि सुरक्षा व्यवस्था मिलाउन ज्यादै सकस भयो,’ उनले भने।

Shah Rukh Khan 05

विगत पाँच वर्षदेखि खान निरोल्याक पेन्टस्का ब्यान्ड एम्बेसडर हुन्। आयोजक केन्साई पेन्ट्स नेपालका अध्यक्ष एचएम भरुकाले नेपालमा पेन्ट्सको विज्ञापनमा देखिएका सेलिब्रेटीहरुको नेपाल भ्रमण नभएकाले अभिनेता खानलाई ल्याइएको प्रतिक्रिया दिए।

IMG 2784

‘नेपालमा अन्तर्राष्ट्रिय कलाकारहरु आइरहेको सन्दर्भमा पेन्ट्सको विज्ञाापनमा देखिएका कलाकारहरु खासै आएका छैनन्। अभिनेता ब्रान्ड एम्बेसडर भएको हिसाबमा हामीले सञ्चालन गर्न लागेको नयाँ अभियानको उद्घाटनका लागि उनलाई ल्याइएको हो,’ भरुकाले भने, ‘छोटो समयको लागि भए पनि उनलाई नेपाल ल्याउन हामी सफल भयौं।’

sharukh khan at kansai nerolac program-03

गएको दशैंको छेक शाहरुख नेपाल आउने भन्दै नेरोलेक पेन्ट्सले प्रवर्द्धन गरेको थियो। ‘हामीले अभिनेता खानलाई भेट्टाउने सर्तसहित ल्याएको स्किमको वाचा पूरा गर्न उहाँलाई ल्याएका हौँ। केही समय उनको व्यस्तताका कारण नेपाल आउन ढिलाइ भएको थियो,’ भारुकाले भने।

IMG 2803

सोमबार नै अभिनेता खानले कूटनैतिक र विभिन्न व्यक्तित्वहरुसँग भेटघाट गरेका थिए। पत्रकार सम्मेलनमा सहभागी भएर साँझ साढे सात बजे उनी याक एन्ड यति होटल पुगेका थिए। आयोजकले तयार गरेको कार्यतालिकामा फेरबदल भए पनि राति अबेर अभिनेता खान निजी विमानबाट फर्किए।

sharukh khan at kansai nerolac program-04

फर्कनुअघि उनले ‘डान्स विथ डन’ नामक कार्यक्रममा नेरोलाक पेन्ट्सका डिलरहरुसँग डिनरमा सहभागी भएका थिए। अभिनेत्री प्रियंका कार्की लगायतले कार्यक्रममा नृत्य प्रस्तुत गरेका थिए।

सन् १९८८ देखि ‘दिवाना’बाट फिल्मयात्रा सुरु गरेका अभिनेता खानले ‘दिलवाले दुल्हनिया ले जाएँगे’, ‘माई नेम इज खान’, ‘रा वन’, ‘डन’, ‘जब तक है जान’ ,’चेन्नई एक्सप्रेस’, ‘ह्याप्पी न्यु इयर’, ‘कुछ कुछ होता है’, ‘दिल से’ लगायतका बलिउड फिल्ममा अभिनय गरिसकेका छन्।

Kansai Nerolac initiative u-can launching program-01

Shah Rukh Khan 09

sharukh khan at kansai nerolac program-01

तस्विर-नागरिक

Comments are closed.