यस्ति छन् बच्चा जन्माउन युवा खोजेकी पेरिस हिल्टन

ParisHilton_7एजेन्सीहरु/चर्चित हलिउड नायिका, मोडल तथा टेलिभिजन स्टार पेरिस हिल्टन अनेक विषले बेलाबेलामा चर्चामा आइरहन्छिन् । कहिले प्रेम सम्वन्ध जोडेको त कहिले तोडेको कुराले चर्चामा आउँछिन् । अहिले फेरी नयाँ समान्य युवाको खाजिमा रहेको बताएपछि अहिले उनलाई प्रस्ताव गर्नेहरुको लर्को नै लागेको बताइन्छ । उनी आजसम्म एक्लो नबसेको बताउँछिन् । एउटासँग छुट्यो की अर्को प्रेमी बनाइहाल्छिन् उनले आफूले अब सामान्य यूवालाई प्रेमी बनाउन चाहेको र उसैबाट सन्तान जन्माउन चाहेको बताएकी छिन् ।

गतबर्ष मोडल रिवर बीपेरीसँग सम्बन्ध टुटेपछि उनले आफू एक्लो भएको र अहिले डेटमा रमाउने मौका नभएको बताइन् । उनले भनिन् ‘म आजसम्म कहिलेपनि सिंगल थिइन । तर, अब म सिंगल छु र मलाई यो मनपर्छ ।’ उनले आफूले चर्चित सेलिब्रेटीसँग डेट गरेको बताउँदै भनिन्, ‘अब मलाई यो मनपर्दैन, किनकी उनीहरुलाई भरोसा गर्न सकिदैन ।’

उनले अब आफू एक सामान्य र असल यूवासँग जीवन बिताउन चाहेको खुलाइन् । उनले भनेकी छन्, ‘ म असल र सामान्य युवासँग छिट्टै विहे गर्न सन्तान जन्माउन चाहन्छु ।’

हलिउडका कयौं फिल्ममा आफ्नो अभिनयबाट आफुलाइ चिनाउन सफल यी नायिकाले कयौं अवर्ड पनि आफ्नो नाममा बनाएकी छिन। पेरिसलाइ फेसन सेंस राम्रो भएको व्यक्तित्वको रुपमा चिन्छन उनका फ्यानहरु। उनले ‘विशमैन’, ‘स्वीटी पाई’, ‘वंडरलैंड’, ‘द कैट इन द हैट’, ‘वन नाइट इन पेरिस’, ‘हाउस ऑफ वैक्स’, ‘पेरिस नॉट फ्रांस’ सहित कयौं फिल्महरु खेलेकी छिन्।

paris-hilton-does-not-trust-on-men-3-1373007702-1373007702-paris-hilton2paris-hilton643971155543

Untitled

Comments are closed.