यस्तै भयो, यस पालिको तिज बरिलै!!!!!!

उत्तम पौडेल

पोखरा हटलाईन
भदौ,५

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा पनि मनाइन्छ। भनिन्छ, आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो। त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन्।
गत बर्ष हरु भन्दा यसपलिको तिज केहि खल्लो नै हुने भएको छ ।कारण हो ,बिश्वब्यापी रुपमा सन्त्रास फैलाई रहेको कोरोना सन्क्रमण ।पोखरा लगायत देशका धेरै जसो भाग मा निशेधाज्ञा जारी गरिएको छ ।यसै सन्दर्भ मा पोखरा हटलाईन टेलिभिजन ले तयार पारेको रिपोर्ट ।

Comments are closed.