यातायत कार्यालयबाट २९ पक्राउ

 

२०७४।०९।२३ गते दिउंसोको समयमा कास्की जिल्ला पोखरालेखनाथ म.न.पा. वडा नं ०९ पृथ्विचोक स्थित यातायात व्यवस्था कार्यालय पृथ्विचोक बसपार्क (सवारी दर्ता/ नविकरण कार्यालय )बाट-१९ जना व्यक्ति र ऐ.ऐ बडा नं १७ यातायत व्यवस्था कार्यालय ड्यामसाईड पोखरा ( लाईसन शाखा ) बाट १० जना गरी जम्मा २९ जना व्यक्तिहरुले उक्त कार्यालयमा आउने सेवाग्राहीहरुलाई अनेकौ प्रलोभन देखाई रकम असुलेको तथा अशान्ती फैलाएको भन्ने सुचनाको आधारमाजिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी टोली उक्त २ (दुई) स्थानमा खटिई गई शंकास्पद गतिबिधी गरी रहेका २९ जना व्यक्तिहरुलाई पक्राउ गरी आबश्यक अनुसन्धानको लागी केही सार्बजनिक अपराध तथा सजाय ऐन २०२७ बमोजिम जिल्ला प्रशासन कार्यालय कास्की बाट म्याद थप अनुमति लिई यस कार्यालयमा राखी थप अनुसन्धान कार्य भईरहेको छ।

Comments are closed.