पोखरा, २३ कात्र्तिक
यातायात व्यवस्था कार्यालय पोखरामा किर्तनराज पौडेल आउनुभएको छ । यसअघि जिल्ला विकास समिति कास्कीको योजना अधिकृत हुनुभएका पौडेलले सोमबार देखि यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमति पत्र विभागमा प्रमुखका रुपमा कार्यभार सम्हाल्नु भएको हो ।
पोखरामै स्थायी बसोबास भएका पौडेलले आफ्नो कार्यकालमा यातायात क्षेत्रमा देखिएका विकृति अन्त्य गर्ने बताउनुभयो । उहाँले आफू कार्यालय प्रमुख रहिन्जेल निति र नियम संगत रुपमा भएका कामलाई अघि बढाउने बताउनुभयो । यसअघि उक्त कार्यालयको प्रमुखमा चेतप्रसाद उप्रेती रहनुभएको थियो ।
यातायात कार्यालय गण्डकीमा बेला बेलामा गुनासो आउने गरेको सर्वसाधारणले बताएकै बेला प्रमुखको रुपमा पौडेलले जिम्मेवारी सम्हाल्नु भएको हो । पौडेल पोखरा—१९ घार्मीका स्थायी बासिन्दा हुनुहुन्छ ।
Comments are closed.