जीवन गुजारा चलाउन हिजोआज आम मानिसलाई जागिर निकै आवश्यक ठानिन्छ । अरु विकल्प भएपनि आम मानिस जागिरलाई नै रोज्ने गर्छन । तर यही जागिर पाउन निकै गाह्रो छ भने बढुवा त कल्पनासम्मको कुरा हो । जागिरबाट महिना बितेसँगै पैसा हातमा पर्ने र यसले परिवार र आफ्नो आवश्यकता पूरा गर्न सकिने भएकाले पनि होला जागिर सबैको पहिलो रोजाईका विषय बन्ने गरेको छ ।
प्रतिस्पर्धात्मक आजको समयमा राम्रो जागिर पाउन निकै गाह्रो छ । तर जागिर र बढुवाका लागि केही कार्य तथा विचार पुर्याइए यो पनि सहज हुने राजनीति र अर्थनीतिका महान् आचार्य चाणक्यले भनेका छन् । उनका अनुसार ६ वटा कुराहरुमा ध्यान दिन सके आफ्नो जीवनमा जागिर र बढुवाको चिन्ताबाट मुक्ति पाइन्छ । के–के हुन त ति ६ कुरा ? पढौं ।
– आफ्नो वर्तमान अवस्थाका बारेमा ध्यान दिनू जरुरी छ । आफ्नो अवस्था कस्तो छ र कुन परिस्थितबाट गुज्रिरहेको छ भन्ने हेक्का राख्नु आवश्यक हुन्छ । यसपछि आफूले गर्नुपर्ने कामलाई विचार पुर्याउनु आवश्यक हुन्छ ।
– आफ्नो शत्रु र मित्र छुट्ट्याउन सक्नुपर्छ । धेरै अवस्थामा मित्रको आवरणमा शत्रु लुकेका हुन्छन् जसले तपाईंको काममा व्यवधान गर्न सक्छन् । उनीहरुको पहिचान गरे अगाडि बढ्न निकै सहज हुन्छ ।
– आफू बसेको वातावरणलाई विचार पुर्याउनु पर्छ । आफू बसेको वातावरण कस्तो छ र त्यसले आफूलाई कस्तो प्रभाव पारिरहेको छ भन्ने हेक्का राख्नु अति महत्वपूर्ण हुन्छ ।
– आफ्नो आम्दानी र खर्चको बारेमा जानकारी राखिरहनु पर्छ । आयव्ययको जानकारीबाट मात्र मानिसले आफू घरव्यवहार चलाउनु पर्छ ।
– आफ्नो योग्यता र दक्षताका बारेमा आफैंले मुल्यांकन गर्नुपर्छ । अनि आफूले के कस्तो काम गर्न सक्छु भन्ने विषयलाई छुट्याउनु आवश्यक छ । जुनमा काममा आफूलाई सफलता पाउन सहज हुन्छ सोही काममा हात हाल्नाले काम पाउनलाई सहज मात्रै हुँदैन बढुवालाई पनि सहयोग गर्छ ।
– गुरु आज्ञा पालना गर्नु अर्काे शर्त हो । आफ्नो गुरु को हो भन्ने पनि थाहा पाउनु र उनको आज्ञा अनुसार नै काम गर्नु फलदायी हुन्छ । गुरुको निर्देशन अनुसार काम गर्न सके झन्झटबाट मुक्त हुने सम्भवना हुन्छ ।
यसरी जागिर र बढुवाको लागि परेका मानिसले हरेक समयलाई चिन्ने, आफ्नो समय कस्तो छ जान्ने, आफ्नो मित्र र शत्रु छुट्याउने, कमाई र खर्चबारे जानकारी राख्ने जस्ता कुराहरु विचार गरे कुनै प्रकारको कठिनाइको सामना गर्नुपर्ने छैन ।
मिडिया एनपी, ।
Comments are closed.