काठमाडौँ, २६ जेठ । संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशमा सर्वाेच्च अदालतका वरिष्ठतम न्यायाधीश कल्याणकुमार श्रेष्ठको नाम सिफारिस गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको परिषद्को बैठकले प्रधानन्यायाधीशका लागि श्रेष्ठको नाम सिफारिस गरेको परिषद् सदस्यसमेत रहेका कानुन, न्याय, संविधानसभा तथा संसदीयमामिलामन्त्री नरहरि आचार्यले जानकारी दिए ।
कार्यकाल समाप्त हुनु एक महिना अगाडि नै प्रधानन्यायाधीश बिदामा बस्ने प्रचलन छ । प्रधानन्यायाधीश रामकुमारप्रसाद साहको कार्यकाल आगामी असार २४ गते सकिँदैछ । श्रेष्ठलाई व्यवस्थापिका–संसद्को संसदीय विशेष सुनुवाइ समितिले अनुमोदन गरेपछि नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिनेछ ।
Comments are closed.