युनाईटेड क्लवको १२ औ वार्षिकोत्सव, साताब्यापी कार्यक्रम शुरु


पोखरा १ वैशाख ,
युनाईटेड क्लवको १२ औ वार्षिकोत्सवको अवसर पारी क्लवले साताब्यापी कार्यक्रम शुरु गरेको छ ।सामाजिक काममा अग्रणी स्थानमा रही स्थापना कालदेखी स्वास्थ्य, शिक्षा, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी खुल्ला चिडियाखाना निर्माण, सेती नदी संरक्षण र विपद व्यवस्थापनमा काम गर्दै आइरहेको क्लवले आफ्नो १२ औ वार्षिकोत्सवको अवसर पारी साताब्यापी कार्यक्रमको आयोजना गरेको हो ।
साताब्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन विहीबार पोखरा १८ सराबकोटमा रहेको बाल सुधार गृहमा खाद्यान्न वितरण गरेको हो । उक्त अवसरमा वोल्दै युनाईटेड क्लवका संस्थापक अध्यक्ष हिमाल बख्रेलले युनाईटेड क्लवले स्थापना कालदेखीनै पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै १२ औं वार्षिकोत्सवको संघारमा आइपुग्दा निकै खुसी लागेको वताए । युनाईटेड क्लवको समाजिक कामबाट विभिन्न संघ संस्थाहरु प्रभावित वनेको र आगामी दिनमा युनाईटेड क्लवले अझै वृहत रुपमा सामाजिक कामलाई जोड दिएर अगाडी लैजाने वताए ।
सो अवसरमा वोल्दै बाल सुधार गृहका इन्चार्ज रमा शर्माले समाजिक काममा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवले आफुहरुको संस्थामा खाद्यान्न सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा युनाईटेड क्लवको सामाजिक कामको उत्तर उत्तर प्रगतिको समेत कामना गरिन । युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका द्धितिय उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य ब्यक्त गरेका थिएभने क्लवका सदस्य तथा कार्यक्रम संयोजक चन्द्रकला पराजुलीले धन्यवाद मन्तब्य राखेकी थिइन । कार्यक्रमको सञ्चालन क्लवका महासचिव शान्ता बहादुर थापाले गरेका थिए ।

Comments are closed.