युरोग्रिप टायरको मेकानिक भेटघाट सम्पन्न


पुस २० , हंसराज हुलासचन्द एण्ड कम्पनी र स्टार
जेनुइन अटो पार्टसको सयुक्त आयोजनामा शनिवार पोखरामा
युरोग्रिप टायरको रिटेलर तथा निजी ग्यारेज मेकानिकहरु सगको
भेटघाट सम्पन्न भएको छ .
कास्की अटोमोवाइल मेकानिक संघका अध्यक्ष प्रेम गिरीको
प्रमुख आतिथ्यता तथा स्टार जेनुइन अटो पार्टसका प्रबन्ध निर्देशक
उमाशंकर साहको अध्यक्षताका कार्यक्रम सम्पन्न भएको हो . सो
अवसरमा युरोग्रिप टायरको विश्वसनियता लगायतका सम्पूर्ण प्राविधिक पक्ष
तथा आर्थिक बर्ष २0७६⁄७७ मा युरोग्रिप टायरको रिटेलर तथा
मेकानिक लोयालिटि उपहार योजनाको सम्बन्धमा कम्पनीको
प्रतिनिधित्व गर्दै रोशन सुवेदी तथा खुम बहादुर थापाले जानकारी
दिनुभएको थियो . कार्यक्रममा युरोग्रिप  टायरको पोखराको
अधिकृत विक्रेता स्टार जेनुइनका व्यवस्थापक तथा कार्यक्रम सञ्चालक
जितेन्द्र साहले मेकानिक तथा रिटेलरहरु मा रहेको खरिद बिक्रीका
सम्वन्धमा रहेको समस्याहरुको सम्बोधन गर्नुभएको थियो .
हंसराजले युरोग्रिप टायर बजाजका सम्पूर्ण दुई पांग्रे तथा
तीन पांग्रे सवारी साधनहरुमा अनिवार्य फिटिंग गर्दै नेपाली
बजारमा उपलब्ध गराउदै आएको छ .

Comments are closed.