युवतीमाथि एसिड फाल्ने ‘शंकास्पद’ व्यक्ति पक्राउ

 काठमाडौ, ६ चैत्र / काठमाडौंको वसन्तपुरमा दुई जना युवतीमाथि एसिड फाल्ने  ‘शंकास्पद’ व्यक्तिलार्इ प्रहरीले पक्राउ गरेको छ । प्रहरी  स्रोतका अनुसार संगीता मगर बस्दै आएको वसन्तपुर क्षेत्रको घरमै यसअघि भाडामा बस्दै आएका जीवन बिकलाई एसिड फालेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । मगर परिवारले बिकमाथि शंका गर्दै आएको थियो ।

प्रहरीले सिक्किम ग्यान्टोक(भारत) बाट बिकलाई पक्राउ गरि ल्याएको छ । आज अपरान्ह पत्रकार सम्मेलन गरी त्यसबारेमा प्रहरीले जानकारी दिने बताइएको छ । फागुन-१० गते एक टयुसन सेन्टरमा पढिरहेको बेला संगीता र उनीहसँगै रहेकी सीमा बस्नेतमाथि एसिड फालिएको थियो ।

गम्भीर घाइते दुई जनै छात्रा उपचारकै क्रममा अस्पतालमा भर्ना छिन् । दुवैजना हिजोबाट सुरु भएको एसएलसी परीक्षा अस्पतालबाटै दिइरहेकी छन् ।

Comments are closed.