युवा व्यवसायी राजन बि.क(गुरु भाई) को निधन

पोखरा १२ बैशाख ःयुवा व्यवसायी तथा समाजसेवी रुपमा परिचित स्याङ्जाका राजन बि.क(गुरु भाई) को निधन भएको छ । युवा व्यवसायी तथा समाजसेवी ३८ वर्षिय वि.क को उपचारको क्रममा वैशाख ११ गते पोखराको एक अस्पतालमा आकस्मिक निधन भएको हो ।स्याङ्जा भिरकोट स्थाई घर भएका वि.क पछिल्लो समय पोखरामा बस्दै आएका थिए । उनको आकस्मिक निधनले एक सफल युवा व्यवसायी तथा समाजसेवी व्यक्तित्व गुमाएको व्यवसायीक तथा सामाजिक वृतमा चर्चा भएको छ ।

Comments are closed.