युवाहरूद्वारा मुस्ताङ बासिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

पोखरा–१० जेष्ठ
कोभिड १९ को दोस‍े लहर सुरु भए संग नेपाल पनि कोरोना संक्रमित हरू थपिदै गएको अवस्थामा मुस्ताङ जिल्लाका स्वदेश तथा बिदेश रहेका युवाहरूले कोरोना संक्रमित बिरामीको लागि आवाश्यक विभिन्न स्वास्थ सामाग्री हस्तान्तरण गरेको हो ।
कोरोना संक्रमित को उपचारको लागि तोकिएको एक मात्र अस्पताल मुस्ताङ जिल्ला अस्पताल ले पछिल्लो अवस्थामा संक्रमित बढेपछि जिल्लामा मात्रै उपचार गर्ने सम्भाव नभए पछि थासाङ गाउँ पालिका मा रहेको स्वास्थ केन्द्र ले उपचार गरिरहेको थियोे । गृह मन्त्रालय ले जारी गरेको बिज्ञ्पति अनुसार थासाङ गाउँ पालिका संग समन्वय गरि अभियान सञ्चालन गरेको गाउँ कार्यपालिका सदस्य नरेन्द्र शेरचन र नवीन शेरचनले जानकारी गराए ।
हिमाल पारि को जिल्ला भएको ले सहज रूपमा स्वास्थ सामाग्री खरिद गर्ने पनि अफ्ट्यारो हुने सानो सानो कुरा हरू खरिद गर्ने पनि पोखरा नै आउनु पर्ने अवस्था रहेको हुनाले र संक्रमितको उपचारमा सहज र प्रभावकारि होस भनी यो अभियान सञ्चालन गरेको अभियानका संम्योजक अबिनास गौचन ले जानकारी गराए साथै थासङ गाउँ पालिका अन्तर गत रहेका प्रयेक वडाका स्वास्थ्य चौकि हरू लाई पनि यी सामाग्री हस्तान्तरण गर्ने उनले बताए । यसैगरी पछिल्लो अवस्थामा अक्सिजन अभावका कतिपय घटना हरू सुन्नमा आएकोले मुस्ताङ जिल्लामा अक्सिजन को अभाव नहोस भनी २० ओटा खालि अक्सिन सलिन्डर पनि हस्तान्तरण गरिएको अभियानका आर्का सदस्य राजेन्द्र गौचन ले बाताए।जस मध्य ५ ओटा अक्सिजन का खालि सिलिन्डर न्यु हस्तकला स्पोट प्र.लि का प्रोपाईटर पेम्बा दोर्जाे शेर्पाले अनुदान स्वरूप उपलब्ध गराएका थिए ।
अनुमानित ५ लाख बराबरको स्वास्थ्य सामाग्री लेते स्वास्थ्य केन्द्र लाईकार्यपालिका सदस्य नबिन शेरचन र नरेन शेरचन को रोहबर मा वडा अध्यक्ष चन्द्र बहादुर शेरचन ज्युको हात बाट प्राथमिक स्वास्थ्य केन्द्र थासाङ –३ लेते का स्वास्थ्य इन्चार्ज डा. लक्ष्मन थापा लाई हस्तान्तरण गरिएको थियोे ।

Comments are closed.