युवा उद्यमी मञ्चले ल्यायो एक्सिलेरेटर कार्यक्रम

yuba programme

काठमाडौं

नेपाली युवा उद्यमी मञ्चले व्यवसाय प्रर्वद्धन सम्बन्धी कार्यक्रम ‘नेपाल विजनेश एक्सिलेरेटर प्रोग्राम’को आवेदन खुला गरेको छ । साना तथा मझौला उद्यम व्यवसाय प्रवद्र्धनका लागि निजी क्षेत्रबाट ल्याइएको यो पहिलो कार्यक्रम हो ।

साना तथा मझौला व्यवसायी भएपनि पूंजी, बजार पहुँच, प्रविधिगत ज्ञान अद्यावधिक गर्न नसकेर अगाडी बढ्न नसकेकालाई लक्षित गरेर यो कार्यक्रम ल्याइएको मञ्चले जनाएको छ । यो कार्यक्रम अन्तर्गत छनौट भएका कम्पनीहरुलाई करिव १२ हप्ताको विशेष परामर्शमुलक तालिम दिइने मञ्चले जनाएको छ । मञ्चका अनुसार तालिमको माध्यमबाट कम्पनीको व्यवसाय प्रवद्र्धन र ती कम्पनीहरुमा नयां लगानीकर्ताहरुको आकर्षण गर्नमा सघाउ पु¥याउनेछ । ती कम्पनीहरुका लागि सफल विज्ञ उद्यमीहरुसँग आफ्ना व्यवसायका उद्देश्य तथा लक्ष्यका वारेमा छलफल गर्ने, वित्तीय योजनाहरु प्रस्तुत गर्ने, कानूनी परामर्श सहित अन्तत उच्च वृद्धिका लागि आन्तरिक स्रोत विकास गर्ने महत्वपूर्ण अवसर प्राप्त गर्ने मञ्चले जनाएको छ ।

कार्यक्रममा सहभागी कम्पनीहरुले बैंक, लगानीकर्ता, भेन्चर क्यापिटल फण्ड, प्राइभेट इक्वीटी फण्ड समक्ष आफ्नो व्यवसायिक योजना र लगानी प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ । यो कार्यक्रममा सहभागी हुन कम्तीमा दुई वर्ष संचालनमा रहेका, लगानीकर्ताको खोजीमा रहेका, आफ्नो कम्पनीलाई नयां उचाइमा लैजान प्रतिवद्ध कम्पनी हुनुपर्नेछ ।

कार्यक्रमका निर्देशक अजय श्रेष्ठले नेपालमा धेरै जसो साना तथा मझौला उद्यम व्यवसायले पर्याप्त स्रोत साधनको अभावमा आफूलाई विकसित गर्न नसकेको बताए । ‘विजनेश एक्सिलेरेटर यस्तो कार्यक्रम हो जसले स्रोत र साधन नपाएका तर आफूलाई विकास गर्न पर्याप्त सम्भावना रहेका साना तथा मझौला उद्यमीलाई रणनीति वनाउन सहयोग पु¥याउने कार्यक्रम हो,’ उनले भने, ‘यसले कम्पनीलाई आन्तरिक क्षमता विकास गरी लगानीकर्ताहरु आकर्षण गर्न सघाउ पु¥याउने छ ।’ उनका अनुसार यो कार्यक्रमको उदेश्य नेपालमा भेन्चर क्यापिटल र प्राइभेट इक्वीटीको स्थान बनाउनु हो ।

Comments are closed.