बैशाख १२ पाेखरा/ चौध बर्षमुनिको महिला फुटबल प्रतियोगितामा नेपालले भारतलाई पराजित गर्दै फाईनलको यात्रा तय गरेको छ । शुक्रबार भएको सेमिफाइनल खेलमा भारतलाई १–० ले पराजित गर्दै नेपाल जित नजिक पुगेको हो ।
खेलको पहिलो हाफमा कुनै गोल नभएपनि दोस्रो हाफमा निर्मला उपाध्यायले गरेको गोल नै टोलीलाई जीतका लागि निर्णायक बन्यो । निर्धारित ७० मिनेटको खेलमा ४६ औं मिनेटमा उपाध्यायले गोल गरिन् ।
नेपालले अब उपाधिका लागि बंगलादेश र इरानबीचको दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । यसअघि नेपालले इरानलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो ।
यसअघि भएका सबै खेलमा नेपाली चेलीहरुको टीमले जीत हात पारेको थियो ।
Comments are closed.